साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी फागुन १ ।
नवलपरासीमा हजुरबुबा र नाति मृत अवस्थामा भेटिएका छन । मंलवार सुस्ता गाउँपालिका वडा नं.३ मर्चहवा बस्ने ६५ बर्षिय यक्षलाल चमार र निजकै नाती ११ बर्षिय गौचरण चमार घर देखि ५ सय मिटर दक्षिण तर्फ ५ नं.ठोक्करमा बिगत ४।५ बर्ष अगाडी देखिनै सिमेन्टको कच्ची खपट्टोले छाएको छाप्रोमा बस्दै खेतिपाती गर्दै आएका थिए।
घर देखी १५ मिटर दुरीको फरकमा छाप्रो बाहिर उत्तानो मृत अवस्थामा रहेको भन्ने स्थानियहरु मार्फत जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीउपरिक्षक काजीकुमार आचार्यको कमाण्डमा घटनास्थलमा तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको घरमा १ छोरा ,२ नाती,१ नातिनी र १ बुहारी मात्रै बस्दै आएकोमा एक डेढ महिना देखि रोजगारको सिलसिलामा छोरा भारतमा गएको र बुहारी १ नाती ,१ नातिनि साथमा लिई श्रीमान भारत गए पश्चात एक डेढ महिना देखिनै माईती घर भारत तर्फ गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend