साझा नेटवर्क
साझा नेटवर्क, कतार माघ २७ ।
प्युठान सेवा समाज कतारले शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । समाजका प्रमुख सल्लाहकार बलदेव रानाको ममतामयीय माता स्वर्गीय लालीमाया रानाको सम्झनामा शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम गरेको हो । गत २०८० माघ १४ का दिन ८० बर्षको उमेरमा असामयिक निधनको खबरले सिङ्गो प्युठान सेवा समाज कतार अत्यन्तै स्तब्ध भएको बताए ।
१३ औं पुण्य तिथिको अवसरमा ०९ फेब्रुअरी २०२४ का दिन सनैया स्थिति लाली गुराँस होटलको सभा हलमा संस्थाका अध्यक्ष केशर बहादुर केसीको अध्यक्षतामा समाजले शोकसभा आयोजना गरेको थियो ।
कार्यक्रममा संस्थाका संरक्षक गुमानसिंह बिस्वाकर्मा, वरिष्ठ सल्लाहकार कमल आचार्य एवं संस्थाका कार्यसमिति पदाधिकारीको एवं जिल्लाबासी सुभचिन्तकहरु उपस्थित रहेको थियो । स्वर्गीय आमाको सम्झनामा उहाँको स्मृतिमा दिप प्रचलन गरी उपस्थित सबैले अबिर, खादा, पुष्पञ्जली अर्पण गरेका थिए । कार्यक्रम संचालन संस्थाका महासचिव भिम ब. सुनार (आर बि) ले गरेका थिए ।
लालीमायाको निधनप्रति प्युठान सेवा समाज कतार परिवार गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा मृत आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त सम्पूर्ण परिवार तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend