logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका साँसदहरुलाई पत्रकारको चिठी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गँगा खड्का, गुल्मी असोज १४ ।

10487215_759307034119578_7653820686414884033_nमाननिय गुल्मीका साँसद ज्यु गुल्मीमा विभिन्न समयमा भएका शोकका घटनाहरुले तपाईहरु पनि आरम र शोकमुक्त हुनुहुन्छ भन्ने त लाग्दैन तर हामी गुल्मेली निकै भावविहल बनेका छौँ । यो पिडा हामी बिच मात्रै त कसरी राख्न सक्छौँ र ?

म गँगा खड्का सदरमुकाम तमघासमा बसेर सामाजिक परिवर्तनका काम सँगै पत्रकारीता पेशामा आवद्ध छु ।

हामी गुल्मेली शोकमा डुबेको वेला हाम्रा अभिभावकहरुलाई जानकारी नगराई बस्नै सकेनौँ । त्यसैले सबै गुल्मेलीको शोक र पिडालाई म तपाईहरुमाझ एउटा प्रतिनिधि पात्रको रुपमा यो चिठी लेख्दै छु।

२०७३ सालको शुरुवाती सँगै गुल्मीको वडागाउँमा भिषण आगोलागीको घटना सँगै बाढी,पहिरो,चट्याग,हत्या दुर्घटना यस्तै थुप्रै प्राकृतिक प्रकोपका कारण हामी गुल्मेलीहरुको मन क्षदबिच्छेद भैसकेको छ।

हुने हार दैव नटार यो दैव र प्रकृतिको नियति सँग न हामी जुध्न सक्छौँ न तपाईहरु नै ।मात्रै हामी सहन र पिडाबोध गर्न सक्छौँ ।तर कतिपय यस्ता घटनाहरु छन् जसले हामीलाई पटक पटक पिडाको प्रहार गरिरहेको छ।

बुटवल तमघास सडक खण्ड हामी गुल्मेलीको लागी एक मात्र निकास हो ।कैयौँ जिल्लाहरु सँग अनेक बाटाको सञ्जालले जोडिएको बेला के हामी बर्षो देखी एउटै निकाश बाट यात्रा गर्न बाध्य हुनुपर्ने हो?

तपाइहरुले जिल्ला भित्र गरेका बिकासका पुर्वाधारलाई हामी सन्तोषजनक मान्न सक्छौँ तर माननिय ज्यु गुल्मी कहिले सम्मका लागी अन्तिम स्टेशनका रुपमा रहिरहनेछ ? के हामी गुल्मेलीहरुले सधैँ एउटै निकासको सडकमा बाध्यात्मक यात्रा गर्दे जोखिम मोलेर दौडिरहनुपर्ने हो?

यहाँ न कुनै प्राकृतिक प्रकोप सँग नै असुन्तुष्टि हो न तपाईहरु सँग ?मात्रै हामीले बिकल्पका सडकहरु सँग किन गुल्मीलाई जोड्न सकेका छैनौँ ?घटना वा दुर्घटना समयले जहाँ जतिसुकै बेला पनि हुन सक्छ यो कुराको ग्यारेण्टी कसैसँग छैन ।

तर पनि बुटवल तमघास सडकखण्डको बाटोमा हामी गुल्मेलीहरुले कति ज्यान गुमाईसकेका छौँ ?यस बिषयमा मलाई भन्दा बढी तपाईहरलाई नै जानकारी छ ।

माननिय साँसद गोकर्ण बिष्ट को आधा परिवार गुमाउने देखी एकै घरका १२ जना को ज्यान जाँदाको पिडा र तत्कालै होनहार दुई ब्यक्ति गुल्मीले गुमाएको पिडाले हामी शोकाकुल भैरहेको यो अवस्थामा एउटै मात्र प्रश्न छ कहिले सम्म हामीले एउटै निकाशको सडक हिडिरहनुपर्ने हो ?

तपाईहरु जस्ता महान् ब्यक्तित्व जन्माएको गुल्मी के सधैँ गुल्मेलीको मात्रै गन्तब्यको रुपमा रहिरहन सक्ला ?पर्यटनको प्रचुर सँभावना रहेको जिल्लामा न यहाँ कुनै आन्तरिक पर्यटकको आगमन न यहाँ कुनै बाह्य पर्यटकको ?

अब भन्नुस माननिय ज्युहरु तपाईलाई अमुल्य मत दिएका जनताको आर्थिक अवस्था कसरी सवल हुन्छ? मरीमेटेर कृषिमा लागीरहेका कृषकले उत्पादन गरेका कृषि सामग्री जिल्ला बाट निर्यात गर्न कुनै प्रभावकारी कदम चालिएको छैन ।

बुटवल देखी गुल्मी सम्म जोड्ने सालझण्डी र्खज्याङ्ग तमघास बाटोको उद्घाटनले गुल्मीवासीको अनुहारमा केहि खुसी त छाएको थियो तर उद्घाटन उद्घाटनमै सिमित भएकोले होला थप निराशा र आक्रोश देखिएको छ ।

माननिय ज्यु यो प्रक्रिया कहाँ पुग्यो ? खै हामीलाई जानकारी ? बिभिन्न जिल्लामा पुग्दा भन्नेहरुले भन्छन् “वा” गुल्मीू गुल्मी त्यस्तो जिल्ला हो जुन जिल्लाले जन्माएका सपुतहरुले हरेक क्षत्रमा नेतृत्व गरिरहेका छन् ।

राष्ट्रिय देखी अन्तराष्टिय स्तर सम्म नेतृत्व सम्मालिरहेका सपुतहरुलाई गुल्मीले जन्मायो तर ति सन्तानहरुले आज आफु हुर्किएको काँख बिर्सिएका छन् ।यदि ईच्छा शक्ति र चाहाना हुने हो भने आ आफ्नो ठाउँबाट गुल्मीलाई निश्चित उचाईसम्म पुर्याउन त्यति गाहे बिषय होईन तर यहाँ जिल्ला छोडेर अन्यत्रै स्थापित हुनेको सँख्या बढिरहेको छ ।

प्राकृतिक रुपमा सुन्दर,खानेपानिको प्रशस्त सँभावान,चिसो हावा पानी,उज्यालोका हिसावले लोड सेडिग मुक्त जिल्ला,सुरक्षाको दृष्टिकोणले सुरक्षित जिल्लाको रुपमा रहिरहेको गुल्मी कुनै एक उदेश्यले अगाडी बढाउन सक्ने हो भने प्रशस्त सँभावना बोकेको जिल्ला हो ।

शैक्षिक र साक्षरताको रुपमा निकै बौद्धिक ब्यक्तित्व जन्माएको यस जिल्लालाई गुणस्तरिय शैक्षिक गन्तब्यका रुपमा किन अगाडी बढाउन सकिएको छैन ?तपाईलाई दिएको मत मात्रै पार्टिगत जित र हार को लागी हो ?यो त पक्कै होईन होला नी ?

जब सम्म तपाईको घर बलियो र आर्थिक रुपले सवल हुन सक्दैन तपाई त्यो घरको एक सदस्य कसरी बलियो रुपले अगाडी बढ्न सक्नुहुन्छ ?त्यसैले माननिय ज्युहरु गुल्मीको बिकास र शैक्षिक गन्तब्यका रुपमा अगाडी बढाउन तपाईहरु एकै ठाउँमा उभिएर सोच्नु पर्ने होइनर ?

जिल्लामा सञ्चालित भएका कतिपय निजि अस्पताल र प्राविधिक शिक्षालयहरु बन्द भैसकेका छन् भने कैयौँ बन्द हुने अवस्थामा छन्।यसले गुल्मीलाई प्रत्यक्ष रुपमा घाटा भैरहेको छ भने हामी आम नागरिक अन्यत्रै जानुपर्ने बाध्यता छ ।

त्यस्तै जिल्लामा सञ्चालित सञ्चार गृहको हालत उस्तै छ ।जिल्लामा एउटा साप्ताहिक पत्रिका समेत प्रकाशित हुन सकेको छैन ।कृषि,डेन्टल साथै अन्य थुप्रै प्राविधिक शिक्षालय हरु पढ्ने र अध्ययन गर्न सक्ने थलोका रुपमा विकास गर्न किन सकिएको छैन ?

गुल्मीमा सँभावना भएको एक मात्र रुरु सँस्कृत बिद्यापिठ समेत आझेलमा छ । वर्षो पहिले देखी काम शुरु भएको रेसुङ्गा विमानस्थल अहिले सम्म सञ्चालनमा आउन सकेको छैन ।यी थुप्रै सँभावना बोकेका ऐतिहासकि क्षत्रहरु अहिले सुनसान अवस्थामा छन् ।

विकास का लागी केहि प्रयास त भएका छन् तर त्यसलाई प्रयाप्त मान्न सकिदैन ।बलेटक्सार मा कफी अनुसन्धान केन्द्र को स्थापना सँगै केहि सकारात्मक सन्देश त प्रवाह गरेको छ तर जिल्लामै कफी प्रयाप्त छैन भने प्रशस्त मात्रामा निर्यात कसरी हुन सक्छ सहजै अनुमान लगाउन सकिन्छ ।

गुल्मी बाट प्रवाशमा रहेर गुल्मीको बिपद्मा सहयोग गर्ने गुल्मेलीको कार्य प्रसँसनिय त छ तर दिर्घकालिन जिल्लाको विकासको लागी उहाँहरुले पनि ध्यान दिएको पाईदैन।

बिभिन्न देशमा ग्रैह आवसिय सँघ को नेतृत्व सम्मालिरहेका गुल्मेलीहरुले पनि स सना उद्योग सञ्चालनमा ध्यान दिन सक्ने हो भने बिकाश र आर्थिक एकै साथ अगाडी बढ्न सक्थ्यो ।

पर्यटन विकाशलाई प्रचार प्रसार र नेपाल आउने पर्यटकलाई गुल्मी सम्म ल्याइ पुर्याउन कुनै आवश्यक पहल गरेको देखिएको छैन । यदि हरेक देशमा रहेका गुल्मेली हरुले जिल्लाको पर्यटकिय क्षेत्र को प्रचार प्रसार गर्न सके केहि हद सम्म बाह्य पर्यटक भित्रिन सक्थे होला ।

तर यी कुनै पनि कार्य हुन नसक्दा हामी र हाम्रो जिल्ला मात्रै एउटा नक्सामा सिमित भएका छौँ भने क्षमतावान गुल्मेली कमजोर ठानिएका छौँ । त्यसैले माननिय ज्यु हामी आशावादी छौँ ।गुल्मी बिविध पहिचानले अगाडी बढ्ने जिल्ला हो।

यसको भविष्य लेख्ने भाग्य बिधाता तपाईहरुलाई सुम्पिएका छौँ । हामी गुल्मेलीहरुले छिट्टै गर्व गर्न पाइयोस् गुल्मी गुल्मीमा मात्र सिमति नभई र  राष्टिय  सँभावना को जिल्ला बन्न सकोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend