logo
  • शुक्रबार, असोज ९ २०८३

मायाँदेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अध्यक्षलाई ज्ञापन पत्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुरेश पाण्डे,कपिलबस्तु माघ १५ ।

कपिलबस्तु जिल्लाको मायाँदेबी गाँउपालिकाका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत सबिन सिंङ चौधरी बिरुद्ध गाँउपालिका अध्यक्ष वलिउद्धिन मुसलमालाई ज्ञापन पत्र बुझाएका छन् । मायाँदेबी गाँउपालिका ८ वटै वडाका वडा अध्यक्षहरुले प्रशासकीय अधिकृत सबिन सिङ चौधरीको क्रियाकलाप, वडा लगायत गाँउपालिका भित्रको जनप्रतिनिधि तथा आम जन समुदाय संग अभद्र तारिकाले प्रस्तुत हुन जनतालाई दुःख जनप्रतिनिधि र जनतालाई असहोग गर्न लगायत कार्यहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

जनप्रतिनिध जनता प्रति उत्तरदायी हुने भएकोले प्रशासकीय अधिकृत बदनियत पूर्ण तरिकाले गर्ने सम्पूर्ण जन समुदायलाई दुःख दिन कार्य गर्न भएकोले आर्थिक चलखेल तिर बिशेष ध्यान पुर्याउने उद्देश्य भएकोले आम जनताको काम छिटो नभएकोले मायाँदेबी गाँउपालिका सम्पूर्ण वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध संघर्ष कार्याक्रम घोषर्ण गर्ने चेताउनी दिन चाहन्छौ त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लिनु पर्नै ज्ञापनपत्रमा उल्लेख भएको छ ।

हामी सबैलाई मिलाएर लिएर जाने गाँउपालिका अध्यक्ष वलिउद्धिन मुस्लमानको भनाई रहेको छ । वडाको सम्पूर्ण आर्थिक क्रियाकलापहरु पालिकबाटै हुनपर्नै र मेरो आर्थिक क्रियकलाप कुनै अनियमति नगरेको भनाई ,नियम बिना कुनै कार्य नगर्न प्रमुख प्रशासकीय अधिकृतको भनाई छ अगामी दिनमा सबैलाई मिलाएर लिएर जाने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend