साझा नेटवर्क
काठमाडौं, माघ १४ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयभित्र अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ । गत शुक्रबार विमानस्थल भित्र अध्यागमनका कर्मचारी र त्यहाँ खटिएका कर्मचारीबीचको विवाद कुटाकुटमा परिणत भएको थियो ।
त्यसपछि ती प्रहरीलाई विमानस्थलबाट हटाइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई जानकारी दिएका हुन् । संगठनका नेताहरुले कर्मचारीसँग कुटपिटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमन सहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई दिएका थिए ।
त्यसपछि गृहमन्त्री श्रेष्ठले डीएसपीसहितको कमान्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिएका छन्।
कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend