साझा नेटवर्क
रंजित चौरसिया, वीरगंज माघ ११ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । १२ गते शुक्रवार हुने जिल्ला सम्मेलनमा संगठनका क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण भईसकेको र ईच्छुक नयाँ सदस्यहरुले सदस्यता लिएकोमा वहाँहरुलाई पनि सहभागी गराई सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने सम्मेलन आयोजक कमिटीका संयोजक आशमहम्मद मियाँले बताए ।
सम्मेलनमा सांगठनिक तथा आर्थिक प्रतिवेदन माथि छलफल भएपछि नयाँ नेतृत्वको चयन हुने संयोजक मियाँको भनाई रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend