logo
  • शुक्रबार, असोज ९ २०८३

मदाने युवा क्लवले वार्षिक उत्सव भव्यताका साथ मनाउदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

ncfsgk1lबिशाल भट्टराई, काठमाडौं असोज १४ ।
मदाने युवा क्लव बाँझकटेरी गुल्मीले यो वर्ष पनि आफ्नो वार्षिक उत्सव भव्यताका साथ मनाउने तयारी गरेको छ । क्लवका अध्यक्ष जयप्रकाश भुसालले असोज २७ र २८ गते विगतका वर्षहरुमा जस्तै क्लवको वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरिने जानकारी दिए ।

वार्षिक उत्सव कार्यक्रममा भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सम्मान तथा गाविसलाई क्याट्रिङ सामग्री वितरण गरिने बार्षिक उत्सवका कार्यक्रम संयोजक शिशिर भुसालले बताए ।

क्लवको स्थापना २०६६ सालमा भएको हो । क्लवले आँखा शिविर संचालन, स्वास्थ्य सामग्री वितरण, शैक्षिक सामग्री वितरण, अग्नी पीडितलाई राहत, बाढी पहिरो पीडितलाई राहत, जनचेतनामुलक कार्यक्रम लगायतका काम गर्दै आएको र आगामी दिनमा समेत गर्ने सचिव विक्रम जिएमले बताए । गाविसमा एम्बुलेन्सको व्यवस्था मिलाउने लक्ष्य समेत क्लबले लिएको छ ।

को को आउँदै छन् कलाकार ?

क्लवले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा बसन्त थापा, भूमिका गीरी, तारा थापा मगर, सन्तोष लम्साल शिशिर भुसाल सांस्कृतिक कार्यक्रममा आउने क्लवले जनाएको छ ।
madane-kalakar
सुनिल थापा, कुञ्जमणी थापा, विक्रम जिएम, कमलसिंह झाँक्री, सपना भण्डारी, पोषण जिएम, निराजन डाँगी अनिल थापा मगर लगायतका कलाकार कार्यक्रममा सहभागी हुने क्लवले जनाएको छ । बाँकटेरीमा विहान ७ बजेदेखिनै कार्यक्रमहरू संचालन गरिने क्लवले जनाएको छ ।

क्लबका अनुसार उक्त कार्यक्रम फरक स्वादको हुने छ । प्रत्यक्ष दोहोरीको घम्साघम्सीमा पनि रमाउन पाइने अध्यक्ष भुसालले बताए । उनले मादल, बाँसुरी, ढालोक, हार्मोनियम लगायतका साम्रगी बजाएर प्रत्यक्ष दोहोरी समेत सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend