साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी माघ ३ ।
नवलपरासीमा लागु औषध सहित ४ जना पक्राउ परेका छन । मंगलवार पाल्हिनन्दन गाउँपालिका वडा नं.४ लोहरौली स्थित नेशनल गेष्ट हाउस एण्ड खाजा घर भित्र केहि व्यक्तिहरु अबैध लागु औषध खरिद बिक्री तथा ओसार पसार गर्न लागेका सूचनाको आधारमा तत्काल प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उक्त खाजा घरमा गई चेकजाँच गर्ने क्रममा होटलको गेष्टहरु बस्ने कोठा भित्र रहेको खाट माथी पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर बस्ने ३० बर्षिय जमालुद्दिन नाँउ, २४ बर्षिय बिक्रम सहानी, २२ बर्षिय सन्तोष गोसाई र वडा नं. ४ लोहरौली वस्ने २५ बर्षिय सोनु पटेलले गन्ती गरी रहेको अवस्थामा २/२ एम.एल. को बुपरेनोर्फिन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल, फेनार्गन ५० एम्पुल र खाट माथी रहेको रेड्मी नोट टेन यस कम्पनीको मोबाईल थान १, ओप्पो कम्पनीको मोबाईल थान २ फेलापारी रितपुर्वक बरामद गरेको हो ।
लागु औषधमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend