साझा नेटवर्क
कमल पौडेल,बडिगाड पुष २१ ।
बागलुङ मिलन व्यवसायीक कृषि सहकारी संस्था लिमिटेडको तेह्रौ वार्षिक साधारण सभा खर्वाङमा सम्पन्न भएको छ । सभामा अध्यक्ष दिन बहादुर केसिले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा प्रस्तावित निति तथा कार्यक्रम तथा कोषाध्यक्ष बाबुराम जिसिले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
६ सय ७ जना शेयर सदस्य रहेको सहकारीको ५३ लाख ४४ हजार शेयर पुँजी तथा १ करोड ५२ लाख ७० हजार १ सय ४८ निक्षेप रहेको तथा सहकारीले विभिन्न कोषहरुसहित करिव २ करोड ८६ लाख वढिको कारोवार गर्दै आएको छ। सहकारीले आज एकैपटक कार्यक्षेत्र भित्रका ४ स्थानमा साधारण सभा सम्पन्न गरेको हो । खर्वाङमा भएको सभामा सल्लाहकार कृष्ण प्रसाद खरेलले सहकारी सहकार्य भएको भन्दै सवै सदस्यको भावना अनुरुप सहकारीले काम गर्दै आएको र निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालक समितिका सचिव जिव बहादुर थापा जिवनको अध्यक्षता तथा सञ्चालक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। त्यस्तै नौटुवा, दगा तथा सक्न्यारमा भएको कार्यक्रममा सल्लाहकार संयोजक विष्णु प्रसाद भुसालले सहकारी मार्फत धेरै उद्यमी बनेको उदाहरण प्रस्तुत गर्दै सहकारी सिद्धान्त तथा निति र विधिमा चल्दा सवै सदस्यलाइ नाफा हुने बताउनु भएको थियो ।
कार्यक्रम सञ्चालक समितिका अध्यक्ष दिन बहादुर केसिको अध्यक्षता, कोषाध्यक्ष वावुराम जिसिको स्वागत मन्तव्य तथा सहसचिव ढालेन्द्र शेरचनको सञ्चालनमा सम्पन्न भएको थियो। सहकारीले रसायनिक मल वितरण लगाएत अन्य कृषि जन्य कार्यहरुसमेत गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend