logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा ५५ क्विन्टल अबैध प्याज नियन्त्रणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी पुष ६ ।

नवलपरासीमा ५५ क्विन्टल अबैध प्याज प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मीली र रेगैंयाको सिमाना बाट भारतबाट अबैध रुपमा नेपाल तर्फ भारतिय नम्बर प्लेटको अन टेस्ट ट्रयाक्टरमा ल्याउदै गरेको १२ बोरा ४६ सय केजी प्याज करिब ३ लाख २२ हजार सहित ट्रयाक्टरको मूल्य ६ लाख तथा ट्रलीको २ लाख गरी कुल जम्मा १९ लाख २२ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं.५ भगतपुरा स्थितबाट पैदल ल्याइ जम्मा गरी राखिएको १८ बोरा ९ सय किलो करिब ९० हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend