साझा नेटवर्क
कमल खत्री, ४ पौष, शान्तिपुर गुल्मी । “खानेपानी आयोजनाको मुहान तथा संरचनाहरूलाई संरक्षण गरौँ, आयोजना लाई दिगो बनाऔँ भन्ने मूल नाराका साथ सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति एक दिने अभिमुखीकरण तालिम चन्द्रकोट ४ शान्तिपुरमा सम्पन्न भएको छ।
खानेपानी तथा सरसराइ डिभिजन कार्यालयका गुल्मीका कार्यालय प्रमुख इन्जिनियर अनोज उपाध्यायको अध्यक्षता रहेको तालिमको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज खत्री क्षेत्रीले गरेका थिए । तालिमको उद्देश्य माथि प्रकाश पार्दै इन्जिनियर उपाध्यायले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, विधान दर्ता, संस्था दर्ता लगायत विभिन्न विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत माधव प्रसाद पाण्डेयले गरेका थिए । पुस २ र ३ गते ९ पालिकाका उपभोक्ता समितिलाई तालीम प्रदान गरेको कार्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend