logo
  • शुक्रबार, असोज ९ २०८३

सरकार प्रभावकारी ढंगले अगाडि बढाेस्: उपमहासचिव जगन्नाथ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 शिव सुवेदी/धनगढी २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले सरकार प्रभावकारी ढगंले चल्न नसकेको वताएका छन । सरकार प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको प्रति पार्टीले ३ पटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भन्दै पार्टीले सरकार छोड्न मात्रै बाँकी रहेको बताए । अर्को सरकार बनाउने तथा नयाँ गठबन्धन गरेर अगाडि बढ्ने पनि कुनै विकल्प तयार नभएकोले सरकार ठिक ढंगले अगाडि बढोस् भन्ने चाहना भएको खतिवडाले बताए । समाजवादी पार्टीका उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले केपी वलीका कारण नेकपा एमाले निकै कमजोर भएको बताए । काम केही नगर्ने गफ मात्रै गर्दै केपी ओलीको सर्वसत्तावादी सोचले नजिकै आएको राष्ट्रिय सभा निर्वाचनमा एमालेले एक सिट पनि जोगाउन नसक्ने बताए ।

 उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको समेत आरोप लगाएका छन् । उनले केपी वलीले धुजाधुजा भएको कम्युनिस्ट आन्दोलनलाई जोगाउदै समाजवाद ल्याउन माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीले नेतृत्व गरेको दावी गरे । हामी विभिन्न पार्टीहरूलाई समेटेर समाजवादी माेर्चा समेत निर्माण गरेर अगाडिको वढेकाे बताए । एकीकृत समाजवादी पार्टीले चलाएको मेचीमहाकाली समाजवादी जागरण अभियानबाट अत्तालिएर केपी वलीले पनि अभियानका नाममा हाम्रो पार्टीका कार्यकर्ता भेला गरि हाम्रो पार्टीलाई गाली गलौज गर्दै हिडेकाे दावी गरे । 

आफ्ना गल्ती ढाकछोप गर्न एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि त्यो गालीले एकीकृत समाजवादी नसकिने वरु थप बलियो भएर जाने उनको भनाई छ । ।  माघको १४ देखि १८ गते पार्टी गठनपछि पहिलो महाधिवेशन हुन लागेको भए पनि एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर पार्टी पुनर्गठन गरेको भन्दै दशौँ महाधिवेशन भएकाे वताए ।

केपीले कम्युनिस्ट आन्दोलन धुजाधुजा गरेकाले पार्टी पुनर्गठन पछि त्यो पार्टीको स्वामित्व हामीले ग्रहण गरेका छौँ र हामी दशौँ महाधिवेशन गर्न जाँदै छौँ,’ उपमहासचिव जगन्नाथ खतिवडाले भने । समाजवादी प्रेस संगठनका इन्चार्ज समेत रहेका जगन्नाथले समाजवादी प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार, मिडियाकाे उन्नति र प्रगतिको वारेमा याे संगठन लाग्छ भन्ने विश्वास मलाई लागेको छ उनले भने तपाईं समाजवादी पत्रकारहरू श्रमजीवी पत्रकारको पक्षमा उभिएर अन्य पत्रकारका संगठन भन्दा फरक भएर अगाडि बढ्न आग्रह गर्छु । उनले अघिल्लो महिना पार्टीले चलाएको मेचीमहाकाली समाजवादी जागरण अभियानको पहिलो प्रभावका कारण समाजवादी प्रेस सङ्गठनले कर्णाली र सुदुरपश्चिम प्रदेशकाे भेला सम्पन्न गरेकोमा इन्चार्जको तर्फबाट धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend