logo
  • शुक्रबार, असोज ९ २०८३

सञ्चालक रबिन्द्रले राजस्व छली गर्दै, नियमनकारी निकाय मौन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया,वीरगंज २१ मंसिर । कम्प्युटर वल्र्डका सञ्चालक रबिन्द्र साह कलवारले नेपाल सरकारको राजस्व चोरीमा माहिर रहेको ग्राहकहरू बताउँछन् । कलवारले ग्राहकहरू कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका सामानहरू किन्न जाँदा उनी भ्याट बिल नदिई सामान्य बिल दिने गरेको बताइन्छ । ग्राहकले भ्याट बिलको लागि भन्दा वल्र्डका सञ्चालक कलवारले भ्याट बिल लिएर के गर्नु हुन्छ ? म यही हुन्छु केही समस्या परेमा मलाई भन्नुस् भन्दै सरकारको लाखौं लाख राजस्व चोरी गरिरहेको स्रोतले जनाएको छ ।

यदि कुनै ग्राहकले भ्याट बिल नै चाहियो भनी जिकिर गर्दा कलवारले महँगो सामानलाई कम मूल्यको भ्याट बिल बनाएर दिने गरेको एक ग्राहकले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताए । यति मात्र कहाँ हो र ? सञ्चालक कलवारले डिस होम फाईबर नेट पनि सञ्चालनमा ल्याएका छन् । उनले नेटको ग्राहकहरू बढी भए पनि उनी कम ग्राहक देखाई यसमा पनि नेपाल सरकारको लाखौं लाख राजस्व छलिरहेको त्यही काम गर्ने एक कामदारले बताए ।

उनले ग्राहकहरूलाई बढी MBPS दिने भनेर कबोलको रकम लिए पनि कम MBPS दिने गरेको ग्राहकहरूको गुनासो रहेको छ । यसमा पनि सरकारको राजस्व सँग सञ्चालक कलवारले खेलवाड गरिरहेको ती स्रोतको भनाई रहेको छ । राजस्व चोरीमा माहिर मानिएका सञ्चालक कलवारले दिन “दु गुना रात चौगुना” नेपाल सरकारको राजस्व चोरी गरिरहेको भए पनि आन्तरिक राजस्व कार्यालय, पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरू आश्चर्यमा रहेका छन् । उनको पसल वीरगन्ज महानगरपालिका लिंकरोडको उत्तरपट्टि आर्मी ब्यारेक पछाडिको बाटोको पुर्वपट्टी अवस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend