logo
  • शुक्रबार, असोज ९ २०८३

बडिगाड गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै, तयारी पुरा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,१० मंसिर, बडिगाड, बागलुङ ।

बडिगाड गाउँपालिकामा हुने पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ। मंसिर १० गते अर्थात आज देखि १२ गते सम्म गाउँपालिकाको केन्द्र खार बजारमा सञ्चालन हुने प्रतियोगिताको व्यवस्थापन खार मा.वि.ले गर्नेछ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि यस वर्ष एथ्लेटिक्स तर्फ ट्रयाक र फिल्डमा छात्रछात्रा गरि १८ वटा इभेन्ट तथा भलिबल र कवड्डीमा छात्रछात्रा गरि ४ इभेन्ट सहित २२ इभेन्टमा खेल हुने शिक्षा अधिकृत पूर्ण बहादुर घर्तिले जानकारी दिनुभएको छ।

अघिल्लो वर्ष मार्सल आर्ट सहित ४४ वटा इभेन्टमा प्रतियोगिता आयोजना गरेको पालिकाले यस वर्ष भने २२ वटा इभेन्टमा मात्रै खेल सञ्चालन गर्न लागेको हो। मार्सल आर्टका खेलहरूको डेमो प्रदर्शन गर्ने गरि तयारी भैरहेको शिक्षा अधिकृत घर्तिले जानकारी दिनुभएको छ। त्यस्तै कार्यक्रममा चालु वर्षमा बडिगाड गाउँपालिकाबाट सहभागि भै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend