logo
  • शुक्रबार, असोज ९ २०८३

इप्रका बुर्तिवाङको नागरिक सुनुवाई कार्यक्रम बडिगाडमा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल बाग्लुङ्ग कार्तिक २१ ।

बडिगाड इलाका प्रहरी कार्यालय बुर्तिवाङको आयोजनामा ग्वालीचौरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीले गरेका क्रियाकलापको जानकारी दिने तथा नागरिकको चासो र गुनासो सुन्ने कार्यक्रमको रुपमा नागरिक सुनुवाई गरिएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक राजकुमार विकले प्रहरीले गरेका र गर्ने सेवाको विषयमा जानकारी गराउनु भएको थियो । प्रमुख वि.क.का अनुसार चालु वर्षमा इप्रका बुर्तिवाङ अन्तरगत प्रहरीले १ हजार १ सय ५० जनालाई ट्राफिक कार्वाहि गरेको र ४ लाख ९५ हजार राजश्व असुली गरेको जानकारी दिनुभएको छ ।कार्यक्रममा प्रहरी निरिक्षक वि.क. सहित बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आचार्य, ट्राफिक प्रहरी सहायक निरिक्षक प्यामनारायण पौडेलले नागरिकहरुले उठाएका सवारी भाडादर, पिकअप सञ्चालन, ट्राफिक व्यवस्थापन, लगाएतका सवालहरुमा जवाफ दिनुभएको थियो ।भने नागरिकको तर्फवाट कृष्ण बहादुर घिमिरे, शिवलाल घिमिरे, कमल पौडेल, रमेश घिमिरे, राम बहादुर कुवँर, सागर भण्डारी, प्रेमलाल मल्ल, टंक पौडेल, टिका थापा लगाएतले सवाल उठाउनु भएको थियो ।

कार्यक्रम प्रहरी निरिक्षक राजकुमार विक को अध्यक्षता, प्रहरी सहायक निरिक्षक बामदेव विष्टको स्वागत मन्तव्य तथा प्रहरी सहायक निरिक्षक मिलन थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend