साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी असोज १२।
सामुदायिक रेडियो पुष्पाञ्जलीका सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यलाई मातृशोक परेको छ । अध्यक्ष शाक्यकी ममतामयी मातास्व. गोमा कुमारी शाक्यको हिजो राती साढे १० बजे ७८ बर्षको उमेरमा दुखद निधन भएको हो ।

लामो समयदेखी आफ्नो स्वास्थ्य समस्यामा अल्झिरहनुभएकी उहाँको आफ्नै निवास वामी टक्सारमा निधन भएको हो । १९९६ साल जेष्ठ १५ गते जन्मनुभएकी स्व. शाक्यका ३ छोरा तथा २ बहिनी छोरी रहनुभएको छ । उहाँलाई सबैले शालीन, सहयोगी तथा मित्रबत ब्यबहार भएकी सामाजिक ब्यक्तित्वको रुपमा चिन्ने गर्दथे ।

शोक यस घडीमा सामुदायिक रेडियो पुष्पाञ्जलीले शोक सन्तप्त परिवार जन प्रति समबेदना प्रकट गरेको छ । यसैबिच रेडियो शोकको घडीमा बिहान साढे सात बजेदेखी करिब साढे ५ घण्टा आफ्ना सम्पुर्ण किसीम का प्रशारण हरु बन्द गर्ने निर्णय गरेको छ भने १ बजेदेखी केही घण्टा समबेदना तथा शोक धुनहरु प्रशारण गर्ने रेडियोका कार्यकारी प्रमुख कौरब खत्रीले जानकारी दिनुभयो ।
यसैबिच आजै बिहान साढे ९ बजे उहाँको बिधिबत रुपमा अन्तिम संस्कार गरिएको छ । उहाँलाई बिदा गर्न वामी तथा आसपासका बिभिन्न राजनीतिक दल, संघसंस्था, समाजसेबी, बुद्धिजिवी, सर्बसाधारण गरि सयौको उपस्थिती रहेको थियो ।
तस्विर : प्रकाश घिमिरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend