साझा नेटवर्क
अनिल खत्री,गुल्मी कार्तिक ०९ ।
रवि चन्दको अभिनयमा नयाँ गित “भेटौला सनिवार” सार्वजनिक भएको छ । प्युठानको ठुलाबेशिमा जन्मिएका चन्द प्रहरी सेवा सँगै सामाजिक कार्यमा सक्रिय छन । प्यूठानका बिकट गाउँहरुमा छयांकन गरिएको गितमा चर्चित गायिका सुनिता बुढा र प्रेम केसिको सुमधुर स्वरमा सुन्न सकिन्छ । 
पछिल्लो समय साँगितिक बजारमा लोक गित संगीत चर्चा परिचर्चाको शिखरमा रहेको छन । लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली लोक गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच सामाजिक कार्यमा अग्रसर रहेका रबि चन्दले नयाँ गित बजारमा सार्वजनिक छन् । उनि नेपाल प्रहरिको मात्र सेबक नभै गाउँ समाजमा परेको दुख सुखमा मलम बनेर उभिने गरेका छन् । सख्यात्मक भन्दा पनि गुणात्मक सामाजिक कार्यमा देखिने चन्द साथी भाईको आग्रह साथै आफ्नो रहरले पनि साङ्गितिक क्षेत्रमा आएको बताउछन ।
“भेटौला सनिवार” नामक गित “आलप स्टुडियो” को युटुब च्यानल मार्फत बिहिबार साँझ सार्बजनिक भएको छ । निर्मल सुनारको उत्कृष्ट शब्द सृर्जना एवम् प्रेम केसिको लय रचनामा रहेको गितमा रबि चन्द सहित रेजिना के सि ,निराजन बिक्रम मल्ल,रेनुका हमाल,अमृत रसाईली र सिमा जि सिको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend