logo
  • शुक्रबार, असोज ९ २०८३

गैर आवासीय नेपाली तारा २०२३ कतारमा हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार,दोहा कतार ।

गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद कतार र तमु समाज कतारको संयुक्त आयोजनामा कतारमा नेपाली तारा २०२३ हुने भएको छ | “नेपाली कला सस्कृतिको सम्मान गरौ,प्रवासमा रहेको प्रतिभाको खोजी गरौ’ भन्ने मूल नाराका साथ राष्टिय आविस्कार केन्द्रको सहयोग्राथमा नेपाली तारा २०२३ हुन लागेको गए राती संयुक रुपमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो |

तमु गुरुङ समाज कतारका सरक्षक बुधबल गुरुङले तमु गुरुङ समाज कतारले सन् २००४ देखी नै नेपाली कला र सस्कृतिको सरक्षण तथा प्रवर्धन गर्ने कार्यमा कतारमा बिगत देखी नै कृयाशील भएको बताउदै समाजले २००८ मा खुल्ला एकल नृत्य प्रतियोगिता त्यस्तै २०१० मा एकल नृत्य प्रतियोगिता त्यस्तै गैर आवासीय नेपाली तारा २०११ देखी लगातार नेपाली तारा कार्यक्रम गर्दै आईरहेको र सोही नेपाली तारा कार्यक्रमलाई निरन्तरता दिदै पुन चौथो गैर आवासीय नेपाली तारा २०२३ कार्यक्रम गर्न लागेको सम्मेलनमा बताए |

गैरआवासीय नेपाली संघ एनसिसी कतारका कार्यवाहक अध्यक्ष् कृष्ण पन्थीको सभापतित्वमा पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगिताहरुले गायन तर्फ पहिले डिजिटल राउण्डमा आफनै रोजाइको कुनै पनि नेपाली गित म्युजिक ट्रयाक बिना गएको गित र नृत्य तर्फ पनि डिजिटल राउण्डमा नेपाली गीतमा नृत्य गरेको भिडियो आयोजकले तोकिएको सम्पर्क हवाटसप नम्बरमा पठाउनु पर्नेछ |

चौथो गैर आवासीय नेपाली तारा २०२३ घोषणा गरिने कार्यक्रमको पहिलो अडिशन बाट उत्कृष गायन र उत्कृष नृत्य बाट ४०-४० जना उकृष्ट प्रतियोगिताहरुको पहिलो छनोट हुनेछ गायन र नृत्य बिधागरी दुई चरणमा हुने कार्यक्रम पहिलो अडिसन नोभेम्बर २४ हुने छ चौथो गैर आवासीय नेपाली तारा २०२३को पहिलो गायन बिजेताले ५००० कतारी रियल पुरुस्कार पाउनेछन त्यसै गरी पहिलो नृत्य बिजेताले ४२०० कतारी रियल पाउनेछन् र गायन र नृत्य दुवै उपबिजेता १-१ जनालाई २१०० कतारी रियल पुरुस्कार पाउनेछन |

पत्रकार सम्मेलनमा जानकारी दिईएको अनुसार कार्यक्रमको कुल लागत करिब २७ लाख रुपैया { ७३ हजार रियल} अनुमान गरिएको छ भने कार्यक्रम बाट मुनाफा भएको ६५ % रकम राष्टिय आविस्कार केन्द्रलाई सहयोग गर्ने तमु समाज कतारका सम्रक्षक् बुधबल गुरुङले जानकारी दिए | कतारमा लुकेर रहेका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसरको रुपमा रहेको कार्यक्रम नेपाली ताराको पहिलो अडिसन उद्धघाटन कार्यक्रम २४ नोभेम्बर २०२३ कतारमा हुनेछ र दोस्रो अडिसन ८ डिसेम्बर २०२३ मा र तेस्रो अडिसन २२ डिसेम्बरमा र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा हुने आयोजकले जनाएको छ |

कार्यक्रमको बारेमा कार्यक्रम संयोजक सन्दिप भट्टराई ले जानकारी दिएका थिए भने कार्यक्रम गर्नुको उदेश्य र आर्थिक श्रोतको बारेमा बुधबल गुरुङले प्रष्ट पारेका थिए सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै सभापति कृष्ण पन्थीले कार्यक्रमको समापन गरेका थिए तमु गुरुङ समाजकी अध्यक्ष् टौमाया गुरुङको स्वागत मन्तब्य रहेको सम्मेलनको सहजीकरण संघका सचिव सन्तोष क्षेत्रिले गरेका थिए |

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend