logo
  • शुक्रबार, असोज ९ २०८३

विश्रामपुर गाउँपालिका अधिकृत लामिछाने चढ्ने गाडिमा नै मासिक ६ सय लिटर ईन्धन खर्च


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 रंजित चौरसिया,वीरगंज २१ असोज।

विश्रामपुर गाउँपालिकाको कार्यालय प्रमुख इन्जिनियर सुधन लामिछानेले चढ्ने गाडीमा नै मासिक ६ सय लिटर इन्धन खर्च हुने गरेको छ। गाउँपालिकाको कामकाज भन्दा बढी कार्यालय प्रमुख लामिछानेले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन्। लामिछानेले सधैँ विश्रामपुरबाट हेटौँडा जाने र हेटौँडा बाट नै विश्रामपुर गाउँपालिकाको कार्यालय आउने गरेको स्रोतको दाबी रहेको छ। विश्रामपुर देखि हेटौँडासम्मको दूरी ५५ किलोमिटर रहेको छ।

 दिनमा दुई चोटि आवत जावत गर्दा एक सय १० किलोमिटर हुन्छ। प्रमुख प्रशासकीय अधिकृत लामिछाने दैनिक हेटौडाबाट नै कार्यालय आउने तथा पुनः कार्यालयबाट हेटौंडा फर्कने गरेको कारण गाउँपालिकाको नै इन्धन खर्च गर्ने गरेको स्थानीयले गुनासो गरेका छन्। साथै स्थानीय तथा प्रत्यक्षदर्शीको अनुसार कार्यालय प्रमुख लामिछाने हेटौंडा देखि विश्रामपुरको इन्धन खर्च सहित आफू खुशी आफ्ना नजिकको मान्छेलाई इन्धनको कुपन बितरण गर्दै गाउँपालिकाबाट मात्र ६ सय भन्दा बढीको इन्धन खपत गर्ने गरेका छन्। साथै लामिछानेले वीरगन्ज स्थित क्वाटर समेत लिई गाउँपालिकाबाट भुक्तानी गरी सधैँ हेटौँडा नै पुग्ने गरेको पाइन्छ।

 लामिछानेले इन्जिनियर पनि भएकाले कार्यालयमा कसैलाई पनि महत्व नदिने गरेको समेत जानकारी प्राप्त भएको छ। भने कार्यलयमा गएका सेवाग्राही पनि लामिछानेसँग रुष्ट भएर नै फर्कने गरेका छन्। लामिछानेले कार्यालयको कामकाज भन्दा आफैमा मग्न रहेको गुनासो रहेको छ। यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेसँग प्रतिकृया लिँदा तपाईँलाई जति लेख्नु छ लेख्दै गर्नु केही फरक पर्दैन भनेर गोलमटोल जवाफ दिए। त्यसैले प्रमुख प्रशासकीय अधिकृत ( कार्यालय प्रमुख ) लामिछानेको आफ्नो पदको दुरुपयोग गर्दै अनावश्यक रुपमा इन्धन प्रयोग गर्ने गएकोले समय मै सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend