साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज १४ ।
बडिगाड गाउँपालिकामा स्थानिय तह कर्मचारी संघर्ष समितिको गठन गरिएको छ। शिक्षा अधिकृत पूर्ण बहादुर घर्तिको संयोजकत्वमा गठित समितिको सदस्यमा दिनबन्धु शाह, कमल शर्मा, मिन बहादुर सलामी, डिल बहादुर केसि, हेम बहादुर पुन, तेजेन्द्र घर्ति, बोम बहादुर बुढा मगर, सुमित्रा घर्ति, उमेन्द्र विष्ट, पप्पु कुमार ठाकुर, लिलाराम भुसाल, इश्वर ओली, विनोद थापा र विनिता राना मगर रहनुभएको छ।
त्यस्तै प्रशासन शाखाका अधिकृत थम्मन बहादुर रेश्मीको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समितिको गठन गरेको छ। जसको सदस्यहरुमा डिल्ली प्रसाद शर्मा, दिनबन्धु शाह, विपेन्द्र केसि, लिलाराम भुसाल रहनुभएको छ। त्यस्तै आर्थिक व्यवस्थापनको लागि लेखा अधिकृत डिल्ली प्रसाद शर्माको संयोजकत्वमा कमल शर्मा, सुमित्रा घर्ति, मञ्जु कार्कि र मिन बहादुर सलामी रहेको आर्थिक समितिको गठन गरेको छ।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक विपेन्द्र केसिको संयोजकत्वमा काठमाडौं केन्द्रित आन्दोलनको लागि आन्दोलन प्रतिनिधि चयन गरेको छ। जसको सदस्यमा कुलराज घिमिरे, मञ्जु कार्कि, दिनबन्धु शाह, इश्वर वली, लिलाराम भुसाल र सुमित्रा घर्ति रहनुभएको छ।
भेलाले आर्थिक व्यवस्थापनको लागि तत्काल प्रति सदस्य २ हजार रकम संकलन गर्ने समेत निर्णय गरेको छ । संघिय निजामति विधेयकमा स्थानिय तहका कर्मचारीहरुको माग संवोधन गर्न दवाब स्वरुप कर्मचारीहरु आन्दोलनमा रहेका छन्।
स्थानिय तहका कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत स्थानिय सेवावाट हुनुपर्ने, स्थानिय सेवाबाट प्रदेश र संघिय निजामति सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने लगाएतका माग राखि काठमाडौं केन्द्रित आन्दोलनमा लागेका हुन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend