logo
  • शुक्रबार, असोज ९ २०८३

रोकियो पेट्रोलियम पदार्थको मूल्य वृद्धि


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, असोज १४ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार निगमले गरेको मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि मूल्यवृद्धि फिर्ता हुने भएको हो ।

शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ । मूल्य वृद्धि फिर्ता लिएसँगै इन्धनमा यसअघिको मूल्य कायम हुनेछ । दशैं तिहारको मुखमा इन्धनको भाउ बढाएपछि सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend