logo
  • शुक्रबार, असोज ९ २०८३

चितवन युवा समूह कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा भारती निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 दर्शन सुनार,  कतार असाेज १३। 
चितवन युवा समूह दोहा कतारले १७ औ अधिवेशन समारोह २०२३ भव्य रुपमा सम्पन्न गरेको छ । समुहका अध्यक्ष श्याम कुमार पाण्डेको सभापतित्व तथा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष समीर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा डेग बहादुर भारती (सुमन) निर्वाचित भएका छन । कार्यसमितिको प्रथम उपाध्यक्षमा गणेश थापा, द्वितीय उपाध्यक्षमा श्रेष्ठ, महिला उपाध्यक्षमा सदीक्षा थपलिया, महासचिवमा कृष्ण सुनार, सचिवमा अंकित श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष घिमिरे सहकोषाध्यक्ष दिनेश कडेल र युवा संयोजकमा विवश डल्लाकोटी चयन भएका छन । 

त्यस्तै कार्यसमिति सदस्यहरूमा अमृतकुमार, राजु पौडेल, प्रकाश थापा, धन बहादुर सुनार, वीर बहादुर गुरुङ र नवीन गुरुङ निर्विरोध रुपमा चयन भएका छन नवनिर्वाचित पदाधिकारीहरूलाई संस्थापक कोषाध्यक्ष ईश्वर राज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । विधिवत रुपमा दीप प्रज्वलन गरेर उद्घाटन सहित अघि बढेको कार्यक्रममा स्वागत मन्तव्य समुहका महासचिव प्रकाश अर्यालले राखेका थिए स्मृति लामा र शान्ति ओलीले एकल र युगल आकर्षक नृत्य पेश गरेका थिए समुहले अधिवेशनको अवसर पारेर कलाकारहरूलाई मायाको चिनो र पारिश्रमिक सहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै एनआरएन ए एनसिसी कतारको युवा उपाध्यक्षमा चयन भएको उपलक्ष्यमा सुवास बहादुर थापालाई र एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीलाई दोसल्ला ओडाएर मायाको चिनोद्वारा सम्मान गरिएको थियो समुहले आयोजना गरेका विभिन्न कार्यमा विभिन्न किसिमका सहयोग तथा योगदान गरेकोमा दिपक एन्जिला कार्की, पत्रकार र समुहका विभिन्न तहका पदाधिकारीहरू तथा पूर्व पदाधिकारीहरूलाई समेत मायाको चिनो प्रदान गरेको थियो ।

आफ्नो शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि केसीले सन: २००५ मा आफू कतार आएको तर समूह सँग २०१० मा जोडिएको बताउँदै केसीले आफूलाई कतार र समाजले धेरै कुरा सिकाएको र समाजलाई स्थापना गर्नको लागी धेरै दुख कष्ट भोगेको र आफूले पनि कुनै समय कतारलाई कर्म थलो बनाएको र अहिले पुन कर्म भूमि आउन पाउँदा खुसी व्यक्त गरे ।

कतारको इतिहासको बारेमा बताउँदै समाजको परिकल्पना र विगतका दुखलाई र कतारले दिएको माया र साथ कहिल्यै न भुल्ने बताए । परदेशलाई देश सम्म जोडने अभियानलाई नयाँ बन्ने कार्यसमितिले केन्द्र सँग समन्वय गर्दै पक्कै पनि नयाँ कार्य गर्ने छ भन्ने विश्वास व्यक्त गर्दै नयाँ बन्ने कार्यसमितिलाई केन्द्र समितिको तर्फबाट बधाई तथा हार्दिक शुभकामना सङ्गै कृतज्ञता ज्ञापन गरे ।

कार्यक्रमको समारोहमा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, कतार भ्रमणमा रहेका आईसिसीका उपमहासचिव बिनय अधिकारी, मध्यपुर्व संयोजक केबी हमाल सँगै विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति सँगै मन्तव्य रहेको थियो शुभकामना वक्ताहरूले चितवन युवा समुहले स्थापना काल देखी आज सम्म निकै राम्रा र सराहनीय कामगरेको बताएका थिए ।

 समारोहको समापन गर्दै सभापति पान्डेले पुरानो कार्यसमितिका राम्रा अभियान तथा कार्यलाई आफ्नो कार्यसमितिले पुरा गरेको र आफ्नो कार्यकालमा बॉकी रहेका कामलाई नयाँ समितिले पूर्णता दिने विश्वास व्यक्त गरे ।

आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्दै नयाँ आउने कार्यसमितिलाई शुभकामना तथा बधाई दिई हलमा उपस्थित सम्पुर्ण लाई धन्यवाद प्रकट गर्दै खुला सत्रको समापन गरेका थिए कार्यक्रमको सहजीकरण समुहका पूर्व महासचिव सुरेश परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend