logo
  • शुक्रबार, असोज ९ २०८३

स्याङ्जा सहयोग समाज युएईलाई तीज कार्यक्रममा उपस्थित दर्शकको भिड समाल्न भयो हम्मेहम्मे 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 युएई, ७ असोज । स्याङ्जा सहयोग समाज युएई ले तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न पारेको छ । स्याङ्जा सहयोग समाज युएई ले कार्टन टावर डेरा दुबईमा गरेको तीज विशेष कार्यक्रम अहिलेसम्मकै ऐतिहासिक कार्यक्रम भएको  धेरै दर्शकहरू ले जानकारी दिनु भएको छ ।

 स्याङ्जा सहयोग समाज युएइ ले नेपाली समाज युएई का उपाध्यक्ष तथा गल्याङ नगर समाज युएईका अध्यक्ष रेशम खनाल ज्यू को संयोजकमा र स्याङ्जा सहयोग समाज युएई का अध्यक्ष गोविन्द भट्टराई ज्यू को अध्यक्षतामा महासचिव तथा कार्यक्रम सञ्चालन जीवन पंगेनी को दमदार उद्घोषकमा सोही कार्यक्रम गत 17 सेप्टेम्बर का दिन नेपाली समाज युएईका संस्थापक श्री चन्द्र सापकोटा ज्यू नेपाली समाज युएई का वर्तमान अध्यक्ष बेदप्रसाद अर्याललगायतले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाज युएईले युएईमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी लाई कुनै पनि प्रकार को कष्ट परेको खण्डमा नेपाली समाज जतिबेला सुकै पनि तयार रहेको भन्दै नेपाली दाजुभाइ दिदीबहिनी लाई विश्वास दिलाउनु भएको थियो ।

सोही कार्यक्रम मा नेपाल का अत्यन्तै चर्चित कलाकार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्ण अध्यक्ष बद्री पंगेनी तथा वर्तमान उपाध्यक्ष चर्चित गायक खुमन अधिकारी गायिका मन्जु बि.क मोडल रबिना भण्डारी तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखा का अध्यक्ष गायक नरेन सापकोटा हरि डुम्रे अर्जुन न्यौपाने गोपाल भट्टराई लगायत का कलाकार लाई निमन्त्रणा गरि भब्य कार्यक्रम को आयोजना गरेको थियो सोही कार्यक्रम अहिलेसम्म कै उत्कृष्ट कार्यक्रम रहेको सिङ्गो टिम तथा सम्पूर्ण उपस्थित दर्शकको मुखबाट सुनियो ।

 स्याङ्जा सहयोग समाज युएई ले बुक गरेको हलमा मा सोचे भन्दा बढी दर्शक को उपस्थिति रहेको को थियो भने कतिपय दर्शक हल फुल भएको कारण ले गर्दा गेट बाट नै कार्यक्रम स्थल नपुग्दै फर्किनु परेको गुनासो गर्नु भएको थियो र स्याङ्जा सहयोग समाज ले फर्किनु परेको दर्शक प्रति आगामी दिनमा कोही कसैलाई कार्यक्रम स्थल पुगेर फर्किन नपर्ने र अझै राम्रो व्यवस्थापन गर्न भन्दै माफी समेत मागेको समाजसेवी व्यक्तित्व नवीन न्यौपानेज्यू ले साझा नेटवर्क लाई बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend