logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीमा बिद्यार्थी संख्या न्यून भएपछी २३ बिद्यालय समायोजन गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री,गुल्मी असोज १२।
जिल्ला शिक्षा कार्यालय गुल्मीले विद्यार्थी सख्या कम भएको भन्दै जिल्लाका बिभिन्न बिद्यालयहरु समायोजन गर्ने निर्णय गरेको छ । बिद्यार्थी संख्या कम भएका बिभिन्न बिद्यालयका कक्षा घटाउनुका साथै शिक्षक दरबन्दी समेत कटौती गरेको छ।

जिल्ला भरका ६४ वटा बिद्यालयमा जिल्ला शिक्षा कार्यालय गुल्मीले हेरफेर गरेको हो कार्यालयले गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन मार्फत जिल्लामा समायोजन गरिएका विद्यालयहरुको बारेमा जानकारी गराएको छ ।

बिद्यार्थी संख्या न्यून भएका मध्ये २३ वटा विद्यालय समायोजन भएका छन् । समायोजन भएका बिद्यालयहरुमा घमिर प्राथमिक विद्यालय देविस्थान उच्च माध्यामिक विद्यालय घमिरसँग, शिव बालविकास प्रा वि घमिर बरारुख निमावि घमिरसँग, चिसापानी प्रावि घमिर मैदानचौर प्रावि घमिरसँग, अमरभुमी प्रावि मरभुङ सिद्धेश्वर प्रावि मरभुङसँग, लक्ष्मी प्रावि नयाँगाउ साउनेथुम प्रावि नयागाउँसँग,विचित्र प्रावि वस्तु हिमालय उच्च माध्यामिक विद्यालय वस्तुसँग, भगवती प्रावि अग्लुङ्घ घडेरी प्रा बि अग्लुङसँग समायोजन गरिएको छ।

त्यस्तै रिपुरे प्रावि मलागिरि अरनिको प्रावि मलागिरिसँग, पातलकटेरी प्रावि मलागिरि अरनिको प्रावि मलागिरिसँग, वालसुन्दर प्रावि मलागिरि पुर माध्यामिक विद्यालय मलागिरिसँग, जनज्योति प्रावि अर्लाङकोट सितापुर उच्च माध्यमिक विद्यालय अर्लाङकोटसँग, भगवति प्रावि हसरा गौरीशंकर प्रावि हसरासँग,सर्वेश्वर प्रावि जोहाङ जो.र.प्र.ला.मा.वि.जोहाङसँग समायोजन गरिएको छ ।

त्यस्तै शारदा प्रावि जोहाङ ज्ञानोदय निमावि जोहाङसँग, अमरज्योति प्रावि रिमुवा जनज्योति उमावि रिमुवासँग, शंकर प्रावि सिमिचौर भगवती मावि सिमिचौरसँग, जनजागृति प्रावि हस्तिचौर , हिमालय उमावि हस्तिचौरसँग, जनकल्याण प्रावि थानपति राष्ट्रिय मावि थान पतिसँग, सरस्वती प्रावि सिमिचौर जनजागृति प्रावि सिमिचौरसँग, इश्वरी प्रावि भार्से जनकल्याण मावि फोक्सिङसँग, लोक प्रावि खरज्याङ शिशुकल्याण प्रावि देविस्थानसंग, ग्राम विकास प्रावि हंसरा गरी जिल्लास्थित २३ विद्यालयहरुलाई समायोजन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

विद्यार्थी संख्या कम भएका अन्य विद्यालयहरुलाई विद्यालय समायोजन निर्देशिका २०७० को दफा ४ अनुसार जिल्लाका ३१ वटा विद्यालयहरुको कक्षा घटाउने निर्णय भएको छ भने १३ वटा बिद्यालयहरुको दरबन्दी हेरफेर गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी खनालले जानकारी दिनुभयो ।

जिल्लामा अन्य नयाँ ठाउँमा स्कुल आबश्यक पर्ने स्थानहरुको बारेमा पनि अध्ययन भइरहेको खनालले बताउनु भयो । जिल्लामा केहि शैक्षिक गुणस्तर नभएका बिद्यालयहरुलाई सुधार्न निर्देशन दिएको अधिकारी खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend