साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी असोज ३।
लुम्बिनी प्रदेशका तीन जिल्ला गुल्मी पाल्पा र रुपन्देहीलाई कार्यक्षेत्र बनाएर सञ्चालन भैरहेको कुसुम बहुउद्देश्यीय सहकारीले यसै बर्ष गुल्मीको कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाट बजारमामा सेवा केन्द्र स्थापना गरि आर्थिक कारोबार गर्दै आइरहेको छ । स्थापनाको छोटो समय मै लक्ष्यमा पुग्न सफल रहेको सहकारीमा अहिले हजारौं सदस्यले कारोबार गर्दै आइरहेका छन् ।
संविधान दिवसको अवसर पारेर सेयर सदस्य सम्मान र प्रमाणपत्र बितरण कार्यक्रम पूर्तिघाटमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुरेश ढकालले साधारणसभाबाट पारित गरेको पूर्तिघाट सेवा केन्द्र अन्तरगत कृषि उपज संकलन केन्द्र छिट्टै संचालनमा ल्याउने बताउनु भयो ।
जसबाट कृषि उपजको उचित मूल्य संगै बजारको ग्यारेन्टी हुने हुँदा स्वरोजगार बढ्न गइ गाउँघरमा आर्थिक कारोबार बढ्ने बताउनु भयो । कुसुम सहकारी भित्र आर्थिक पारदर्शीता रहेको हुँदा ढुक्क भयर यस संस्थामा कारोबार संगै बचत गर्न सदस्यहरुलाई आग्रह गर्नु भयो । पछिल्लो समयमा वित्तीय संस्था प्रती अबिस्वासको वातावरण श्रीजना भएकाले संकालागे आफुले कारोवार गर्ने शाखामा सम्पर्क गरि आफुलाइ लागेको संका मेटाइ ढुक्क रहन सदस्यहरुलाइ अनुरोध गर्नु भयो ।
उक्त कार्यक्रममा संस्थाका बोर्ड सदस्य बिनोद ढकाल, सेवाकेन्द्र पूर्तिघाट का संयोजक डिल्लिराम पाण्डे, सल्लाहकार तारनदत्त सुवेदी, भुर्तुङ सहकारी संस्थाका अध्यक्ष गोविन्द गौतम लगायत को उपस्थिती थियो ।
कार्यक्रममा संविधान दिवसको शुभकामना आदानप्रदान समेत गरियको थियो । कार्यक्रममा ऋण समिति प्रमुख गोविन्द गौतमले पूर्तिघाट शाखाको सम्पूर्ण आय ब्यय प्रस्तुत गर्नु भयको थियो भने पुर्तिघाट सेवा केन्द्रका सेयर सदस्यहरुलाइ सेयर प्रमाणपत्र बितरण गरियको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend