साझा नेटवर्क
दर्शन सुनार, कतार असोज १ ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली संघले आइतबार साझ एक कार्यक्रमको आयोजना गर्दै नेपाली राजदूतावासको सभाहलमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यता तथा नेपाली राजदूतावासका कार्यवाहक कृष्ण कुमार सुवेदीको विशिष्ट आतिथ्यता, दूतावास परिवार, आईसिसी एनसिसीका विभिन्न ओहोदाका पदाधिकारीहरु बैचारिक संगठनका प्रमुख एवं प्रदेश परिषद, संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो ।
राजदूतावासका कार्यवाहक राजदुत कृष्ण कुमार सुवेदीले कतारको एनआरएन र कतारका नेपालीहरुलाई आजको दिन निकै शौभाग्य रहेको बताए । वैदेशिक रोजगारीको शिलशिलामा रहेर पनि देशलाई दुख्दा चन्दा संकलन गरेर पैसा उठाएर नेपाल नेपालीको लागि सहयोग गर्ने रेमिटान्स पठाएर देशको अर्थतन्त्र धानेका प्रवासमा रहेका नेपालीहरु नेपालको नागरिकहरुले भोट हाल्न पाउने अधिकारबाट लामो समयदेखि बन्चित रहेको र अब प्रवासमा रहेका नेपालीहरुले भोट हाल्ने व्यवस्था मिलाउन प्रमुख निर्वाचन आयुक्तलाई जोडदिन आग्रह गरे ।
कतार भ्रमणका क्रममा रहेका प्रमुख अतिथी निर्वाचन आयुक्त वक्ता माननिय दिनेश कुमार थपलियाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई मतदान गर्न व्यवस्था मिलाउन निकै कठिन रहेको र कठिन परिस्थितिका बावजुद पनि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई अन्लाईन प्रणाली मार्फत भोटिङ सिस्टमको लागि आफुले प्रस्ताव र पहल गर्ने बताए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निर्वाचन आयोगले जनवरी देखि काम सुरु गर्न लागेको बताउदै आगामी निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुको मताधिकार सुनिस्चित गर्ने आफुले एउटा पाईला भएपनि कदम चाल्ने वचन प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित वुद्धिजीवी समाज सेवीहरुले मताधिकारको बारेमा प्रश्ननोत्तर, सवाल-जवाफ गरेका थिए ।
सभापति भट्टले पहिलो पटक कतारबाट हामीले अन्तरक्रिया कार्यक्रम गर्न पाउँदा सौभाग्य मिलेको र व्यस्त समयका बावजुद पनि अमुल्य समय दिएर कार्यक्रमलाई सभ्य र भव्य बनाईदिने सबैलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए भने संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको स्वागत मन्तव्य तथा सचिव सन्तोष क्षेत्रीको सहजीकरण रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend