साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज भदौ २९ ।
जन गुनासो डेलीका सञ्चालक तथा ग्लोबल टेलिभिजन बारा,पर्सा,रौतहट प्रमुख पत्रकार उमेश दुबेलाई मातृ शोक परेको छ । बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरिया निवासी उनकी ममतामयी आमा लक्ष्मी देवीको शुक्रवार राती निधन भएको हो ।
मधुमेह र मुटु रोगबाट ग्रसित आमा लक्ष्मी देवीको ६७ बर्षको उमेरमा काठमाडौंको शाहीद गङ्गालाल अस्पतालमा लामो समय देखि उपचार गराईरहेकोमा शुक्रवार राती करिब १० बजे निधन भएको हो ।
लक्ष्मी देवीको पार्थिव शरिर शुक्रवार राती नै निजी निवास गम्हरिया ल्याई शनिवार हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिने उनको पारिवारिक श्रोतले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend