साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी असोज १२।
सर्बहित प्राबि वामी ६ दाल्कामा बिद्यालय ब्यबस्थापन समितिको पुनर्गठन गरिएको छ । समितिका अध्यक्षमै रहनुभएका चुरा बहादुर रायमाझीकै अध्यक्षतामा ८ सदस्यीय समितिको गठन गरिएको छ ।
जस्को सदस्यहरुमा ज्ञान बहादुर बोहोरा, मन्जु घिमिरे, मिना रायमझी, पदम रायमझी, भुमकली खत्री शिक्षक प्रतिनिधि पदम केसी तथा सदस्य सचिबमा बिद्यालयका प्रद्यानाध्यापक केशर बहादुर रयमाझी रहनुभएको छ । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चुरा बहादुर रायमाझीको अध्यक्षता रहेका थियो भने बिद्यालय निरिक्षक अमर केसी तथा श्रोत ब्यक्ति देबिराम शर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक केशर बहादुर रायमाझी को स्वागत रहेको थियो भने सञ्चालन शिक्षक पदम केसीले गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक, अभिभाबहक लगायतको उपस्थिती रहेको थियो ।
यसैबिच खड्का देवि प्रा.वि वामी ४ भलेकामा पनि विद्यालय व्यवस्थापन समितिको पुर्नगठन भएको छ । वामी श्रोत केन्द्रका श्रोत व्यक्ति देविराम शर्माको विशेष उपस्थित तथा वामी वार्ड न.४को वार्ड भेलाबाट रेसम नेपालीलाई अध्यक्ष गरि ७ सदस्य समितीको गठन गरिएको हो ।
जसको सदस्यहरुमा अर्जुन वि.क, बाबुराम परियार, सुनिता वि.क, कमला नेपाली, शिक्षक प्रतिनिधि विमला लामिछाने र सदस्य सचिव प्र.अ सम्झना काफ्ले रहनुभएको छ ।
यस्तै शिक्षक अभिभाबहक संघको पनि गठन गरिएको छ जसको अध्यक्षमा भिमसेन वि.क रहनुको छ भने अन्य सदस्य एवं सल्लाहकार समिति यथावत राखिएको छ । कार्यक्रम जेष्ठ नागरिक बाबुराम परियारको अध्यक्षता तथा प्र.अ सम्झना काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend