logo
  • शुक्रबार, असोज ९ २०८३

यातायातका प्राविधिक ईन्जिनियर र सुपरभाईजरले कार्यालयमा गाडी नआए पनि दुरुस्त रहेको प्रमाणित गर्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया, वीरगंज भदौ २३ ।
यातायात व्यवस्था कार्यालय वीरगंजका प्राविधिक ईन्जिनियर नितेश्वर यादव र सुपरभाईजर पारस ठाकुरले आफ्ना फाँटमा ताण्डव मच्चाएका छन् । सो कार्यालयमा आएका सेवाग्रहीहरुसँग रकमको मोलमोलाई गरी गाडी जाँच्ने गर्ने गरेको बताईन्छ । रकमको भरमा गाडी जाँची काम नलाग्ने गाडीलाई पनि राम्रो छ भनि ईन्जिनियर यादवले सही गर्ने गरेको प्रमाण यस अनलाईन सँग सुरक्षित रहेको छ ।

सो प्राविधिक फाँटमा ईन्जिनियर यादवले सेवाग्रहीहरुसँग आफु घुसको रकम नलिई सोही फाँटमा रहेका एक बिचौलिया मार्फत लिने गरेको बताईन्छ । सो बिचौलिया कुनै किसिमको कर्मचारी नभए तापनि उनी कर्मचारीको हैसियतमा ईन्जिनियर यादवको निर्देशनमा कुरो छिनोफानो गरी रकम असुलीसकेपछि मात्र ईन्जिनियर यादवले सही गर्ने गरेको बताईन्छ ।

भ्रष्टाचारको मामिलामा गन्हाईसकेका ईन्जिनियर यादवले कतिपय अवस्थामा गाडीहरु नआए पनि घुसको रकमको बलमा गाडी सही भएको अवस्थामा छ भन्दै सही गर्ने गरेको बताईन्छ । कुनैपनि गाडीको नविकरण वा नामसारी गर्नु परेमा कार्यालयमा गाडी ल्याउनु पर्ने अनिवार्य व्यवस्था रहे ता पनि ईन्जिनियर यादवले निश्चिित रकम लिई गाडी दुरुस्त रहेको भनि प्रमाणित गर्ने गरेको भुक्तभोगीहरु बताउदंछन् ।

करिब एकवर्ष अगाडिदेखि वीरगंजमा कार्यरत्त रहेका ईन्जिनियर यादवले यसभन्दा अगाडि लहान, दाङ र हेटौडा यातायात व्यवस्था कार्यालयमा कार्यरत्त रही भ्रष्टाचार सम्बन्धमा अनुभव बटुलिसकेका सिपालु कर्मचारी रहेको उनका आसेपासेहरु बताउदंछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend