logo
  • शुक्रबार, असोज ९ २०८३

मोना वहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारणसभा सप्पन्न, अध्यक्षमा कार्की


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार भदौ २३।
मोना कतारको संरक्षकत्वमा स्थापित “मोना वहुउद्देश्यीय अक्षयकोष”को प्रथम साधारणसभा तथा दोस्रो रमाइलो तिज कार्यक्रम २०२३ सम्पन्न भएको छ । शुक्रबार मोना कतार र अक्षयकोषको आयोजना तथा मोना कतार मातहतमा रहेको सांस्कृतिक विभाग र खेलकुद विभागको सह-आयोजनामा कार्यक्रम सम्पन्न गरेको हो । मोना वहुउद्देश्यीयका अध्यक्ष बिक्रम कार्कीको सभापतित्व तथा एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाबाट अध्यक्षमा विक्रम कार्की निर्वाचित भएका छन ।
कार्यसमितीको उपाध्यक्षमा प्रेम रसाइली, सचिवमा तिलु शर्मा पौडेल, कोषाध्यक्षमा रमेश पौडेल चयन भएका छन । त्यस्तै कार्यसमिती सदस्यहरूमा हरिकृष्ण शर्मा, नरेन्द्र फगामी, अजय कुवर, टिका रोका मगर, बालकृष्ण खत्री र राजु पौडेल (पदेन सदस्य) चयन भएका छन नवनिर्वाचित पदाधिकारीहरुलाई मोना कतारका संरक्षक अजय बिकले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमको सभाहलमा एनआरएन ए आईसिसी अध्यक्ष रबिना थापा, एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी, एनआरएनए मध्य्पुर्व उपसंयोजक केबी हमाल तथा कतारमा रहेका म्याग्देली तथा गैर म्याग्देलीहरुको उपस्तिथि सङ्गै गण्डकी प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला सस्थांका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता सहित शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले सामाजिक तथा मानविय क्षेत्रमा कोषले गरेका कार्यहरुको प्रशंसा गरेका थिए । बहुउद्देश्यीयमा आवद्ध भएका सम्पुर्ण आजिवन सदस्यहरुलाई कोषले आजिवन सदस्यता प्रदान गरेको थियो ।

म्यादी जिल्लामा प्रचलित मौलिक थाली नाचमा नृत्यङ्गँना यमुना पटेलले गितको लय सङ्गै हातमा थाल राखेर हत्केलाले घुमाई-घुमाई नचाएको र नाचेको दृश्यले कार्यक्रममा थप रौनकता थपेको थियो । कार्यक्रममा अन्य कलाकारहरुले जोडदार सांङ्गितिक प्रस्तुति दिएका थिए । कतारमा रहेका म्याग्देली दिदीबहिनी तथा दाजुभाई तिजको दर सेलरोटी खिर र अचार लगायतका परिकारको स्वाद लिदै परम्परागत तिजका भाकाहरुमा धित मरुञ्जेल नाच्दै रमाउदै पसिनाले निथ्रुक्क भिजेका थिए ।

विशिष्ट अतिथी कतार भ्रमणका क्रमका रहेकी आईसिसी अध्यक्ष रबिना थापाले शुभकामना मन्तव्य बोल्दै मोना वहुउद्देश्यीयले गृह जिल्लामा निकै सह्रानीय कार्य गर्दै दुखी पीडितहरुको मलम बनेर धेरै राम्रा कामहरु गरेको बताउदै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिईन ।

प्रमुख अतिथी एनसिसी अध्यक्ष रमेश भट्टले आफुले पनि कुनैदिन अक्षयकोषको सपना देखेको तर पुरा गर्न नपाएको बताउदै गैरआवासियले गर्नुपर्ने काम मोनाले गरेको भन्दै बहुउद्देश्यीयलाई आफुले आफनो हर तह र तप्काबाट सहयोग गर्ने बताए । आफुले दुख अप्ठ्याराहरुमा मोना कतार सङ्ग सहकार्य गर्दै आईरहेको र आगामी दिनमा पनि गैरआवासिय नेपाली संघ मोना अक्षयकोषसँग जोडिएर श्रमिकहरुको हक र हितका लागि काम गर्ने प्रतिवद्धता जाहेर गरे ।

कोषको उद्देश्य तथा कार्यक्रमको बारेमा कार्यक्रम संयोजक नग्रेन्द्र फगामीले बताएका थिए । त्यस्तै कोषको आय-व्यय कोषाध्यक्ष रमेश पौडेलले पेश गरेका थिए भने कोषको कार्यप्रगती सचिव तिलु शर्मा पौडेलले पेश गरेका थिए ।

मोना अक्षयकोषका उपाध्यक्ष प्रेम बिस्वकर्माको स्वागत मन्तव्य रहेको सभालाई कोषका सचिव तिलु शर्मा पौडेलले सहजीकरण गरेका थिए । सभाको समापन गर्दै सभापती कार्कीले अक्षयकोषले म्याग्दी जिल्ला मै सामुहिक खालका कामहरु गर्ने उद्देश्य रहेको बताउदै मोना कोषमा सबैलाई जोडिन आग्रह गर्दै हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend