logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी-भुर्तुङ्ग सम्पर्क समाज भारतको तीज मिलन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

नयाँ दिल्ली, भदौ १९ ।
प्रवासी भुर्तुङ्गेलीहरुलाई सु-सुचित तथा ऐक्यवद्ध गर्ने उध्येस्यले खोलिएको संस्था गुल्मी-भुर्तुङ्ग सम्पर्क समाज (भारत)ले एक कार्यक्रमका बीच संस्थाका आजिवन सदस्यहरुलाई प्रमाण वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भुर्तुङ्ग, तमे जन्मभई हाल महाराजगंज, काठमाण्डौं निवासी राजनिति कर्मी, सामाजिक अभियान्ता तथा परोपकारी संस्था पंडित वेणीमाधव पौडेल प्रतिष्ठानका अध्यक्ष गोकर्ण पौडेल रहनु भएको थियो ।
अतिथिको रुपमा बुद्ध ऐड्भेन्चर टुर एण्ड ट्राभल्स प्रालिका प्रोपाईटर घनश्याम पाठक, योल्मो पाँच पोखरी तामाङ्ग संस्थाका मिडिया कोअर्डिनेटर तथा पत्रकार गोपाल भारद्वाज, हाम्रो स्वाभिमान ट्रस्टका अध्यक्ष तथा कानुन व्यवसायी प्रेम क्षेत्री, ऐभरेष्ट चेम्बर अफ कमर्सका सल्लाहकार, रेष्टुरेन्ट ब्यवसायी प्रमोद खरेल तथा वेव डिजाइनर पुष्पा भारद्वाज रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले गुल्मी भुर्तुङ्ग सम्पर्क समाज(भारत)र पंडित वेणीमाधव पौडेल प्रतिष्ठानलाई एक आपसमा परिपुरक हुने गरी ऐक्यवद्ध गर्नुपर्ने बताउनु भयो । आजिवन सदस्यता आफुलाई समेत जोड्दै भारतभरि जहाँ भुर्तुङ्गेली त्यहाँ समाज पुर्याउनु पर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष देवेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन संस्थाका महासचिव मुकुन्द पौडेलले गर्नुभएको थियो ।
स्वागत मन्तव्य प्रथम आजिवन सदस्य लिला भारतीले राख्नुभएको थियो भने संस्थाको तर्फबाट सल्लाहकार द्वय शितल हमाल, टिकाराम सुवेदी उपाध्यक्ष द्वय डोलराज गौतम, कृष्ण प्रसाद पौडेल, सचिव टिका कणेंल, कोरकमिटी सचिव राज कुमार पौडेल,अल्पसंख्यक मामिला सचिव किशन खड्का लगाएतले आफ्ना भनाईहरु राख्नुभएको थियो ।
संस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपीराम पौडेलले प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्था संरक्षक तथा संस्थापक अध्यक्ष टिका बहादुर कार्कीले मन्तव्य र अध्यक्ष देबेन्द्र केसीले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

को-को भए सम्मानित ?

संस्थाले संस्थापक कोषाध्यक्ष दिपक पौडेललाई “उच्च सम्मान-मरणोंपरान्त”बाट सम्मानित गरेको छ । गतवर्ष दिवंगत हुनुभएका पौडेलका सुपुत्र कमल पौडेललाई यो सम्मान प्रदान गरिएको हो । संस्थाले समाजमा उल्लेखनिय योगदान पुर्याउनु भएका प्रमुख अतिथी गोकर्ण पौडेललाई “उच्च सम्मान”को साथमा दोसल्ला ओढाएर सम्मान गरेको छ । साथै सेवानिवृत हुन लाग्नु भएका संस्थाका सल्लाहकार टिकाराम सुबेदीलाई “स-प्रेम उपहार”बाट सम्मान गरेको छ ।

टिपिकल तिजका भाकाहरुमा उल्लासमय रहेको कार्यक्रममा कालिलेख संस्कृतन भजन मण्डलीले परंपरागत भजनहरु प्रस्तुत गरेको थियो । नयाँ दिल्लीको मुटु मानिने आईटिओको क्याफे हिमाली रेष्टुरेण्टमा दिवाभोज सहित सम्पन्न कार्यक्रममा अतिथि घनश्याम पाठकले मानार्थ आजिवन सदस्य बन्ने घोषणा गर्नुभएको थियो । स्मरण रहोस पंडित वेणीमाधव पौडेल प्रतिष्ठानले गुल्मी, छापचौर स्थित भुर्तुङ्ग स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरी सेवा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend