साझा नेटवर्क
सहबान अन्सारी, १८ भदौ ।
नवलपरासीमा सशस्त्र प्रहरीले सिमा सहजीकरणको बैठक सम्पन्न गरेको छ। सोमवार प्रतारपुर गाउँपालिका स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीमा सशस्त्र प्रहरी,जनप्रतिनिधी,पत्रकार, स्थानिय र नेपाल प्रहरीको सहभागीता रहेको थियो।
सिमा अपराध तथा अबैध सामान ओसार पोसार नियन्त्रण तथा दशगजा तथा सिमा स्तम्भको सुरक्षा सम्बन्धी सबै मिलेर काम गर्नु पर्ने सशस्त्र प्रहरी निरिक्षक संतोष सापकोटाले बताए। साथै सिमा वारपार हुने सरुवा रोग नियन्त्रण गर्न समिबन्धी सबै सरोकार वालाहरु मिलेर काम गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend