logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीबाट बुटवलका लागि छुटेको स्कर्पीयाे जाेर्तेमा दुर्घटना : तीनकाे मृत्यु, पाँच घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी भदौ १३ ।
गुल्मीको तम्घासबाट बुटबलका लागि छुटेकाे स्कर्पीयाे पाल्पामा दुर्घटना हुँदा तीनजनाकाे घटनास्थलमै मृत्युु भएको छ ।

घटनामा परि पाँच जना घाइते भएकाे रिब्दिकाेट गाउँपालिका -०२ का वडाध्यक्ष ओमप्रसाद पाेखरेलले जानकारी दिए । बुधबार बिहान पाल्पाको रिब्दिकाेट गाउँपालिका -०२ जाेर्तेमा गएकाे पहिराेमा परी लु १ ज ४६०० नम्बरको स्कर्पीयाे दुर्घटनामा परेकाे हाे ।

बिहान ५ बजे बुटबलका लागि यात्रु लिएकाे छुटेकाे स्कर्पीयाे दुर्घटनामा परेकाे हाे । स्कर्पीयाेमा आठ जना सवार रहेका थिए । घाइतेलाइ उपचारको लागि अस्पताल लगिएको छ ।

मृतक र घाइतेकाे नाम भने अझै खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend