logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली नागरिकता लिन खोज्ने भारतिय युवक पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी भदौ १२।
नवलपरासीको प्रतापपुरमा नेपाली नागरिकता लिन खोज्दा एक जना भारतिय युवक पक्राउ परेका छन । भारतको महाराजगंज मधवलिया घर भई हाल जिल्ला नवलपरासी प्रतापपुर गाऊँपालिका वडा नं.९ अठ्लैया स्थित मामा घर वस्ने सर्वेश कुर्मीको छोरा १९ बर्षिय राहुल कुर्मीले सोही गाऊँपालिका वडा न.६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई जन्मदर्ताको सिफारिस लिई चौकीमा स्थलगत नागरिकता सर्जमिन मुचुल्काको लागी पत्र लिई गएकोमा शंका लागी सोधपुछ गर्दा निज भारतिय नागरिक भन्ने बुझिएकोले निजलाई अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेलाटारीमा पठाएको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकताको लागी कुर्मीलाई वडा न. ६ को वडा कार्यालयबाट जारी गरिएको जन्म दर्ता तथा नागरिकताको सिफारिस र ईलाका प्रशासन कार्यालय सेमरीबाट स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र सहित प्रहरी चौकीमा गएका थिए।

उक्त युवकलाई सम्मानित जिल्ला अदालत परासीबाट नागरिकता सम्बन्धि कसुर उधोगमा ५ दिनको म्याद थप भई अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend