logo
  • शुक्रबार, असोज ९ २०८३

अपडेट : धादिङ बस दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

A helicopter carrying supplies and officials lands at a relief staging area near Saturday's massive earthquake's epicenter in the town of Gorkha, Nepal, Tuesday, April 28, 2015. Preparing to make a push into the most isolated parts of quake-devastated Nepal, soldiers on Tuesday were readying food, water and other emergency supplies to be loaded onto helicopters in this small town near the earthquake's epicenter. (AP Photo/Wally Santana)

धादिङ, असोज ११ ।
उत्तरी धादिङको मार्पाक गाविस स्थित लपाङफेदीमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई हेलिकप्टरद्धारा काठमाण्डौ लगिएको छ । अन्य घाइतेलाई पनि हेलिकप्टरबाट नै काठमाण्डौ लगिने तयारी भइरहेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले जानकारी दिए ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट विकट गाउँ किन्ताङफेदी जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको ग्रामिण सडकमा चल्ने बंकर बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँको भीरबाट खसेको हो । स्थानीय उद्धारकर्ताहरुका अनुसार ८ जना घाइतेको उद्धार गरिएको छ ।

धादिङबेसीबाट ३१ जनाको यात्रुको चलानी लिएर गाउँ हिँडेको बसमा छतमा समेत टनक्कै यात्रु हालेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बस सडकबाट करिब ३ सय मिटर तल आखुँ खोला तर्फ खसेको छ ।

बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गा बहादुर कुमालले जानकारी दिए । पहिरोले थुनिएको बाटोलाई स्थानीयहरुले पन्छाएर बस पार गराउने क्रममा चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend