logo
  • शुक्रबार, असोज ९ २०८३

मेरुदण्ड पक्षघात नेपालको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौ भदौ ९ ।
मेरुदण्ड पक्षघात नेपालको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रिषिराम ढकालको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा झरना राना, महासचिवमा केशव थापा, सचिवमा राजेन्द्र खनाल कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी चयन भएका छन् भने सदस्यमा हिमाल अर्याल, राम बहादुर तामाङ, प्रकाश थापा, लक्ष्मी कुँवर, सँगिता माझी, निर्मला भन्डारी रहेका छ्न ।
मेरुदण्ड पक्षघात भएर काठमाण्डौमा रहनु भएका ब्यक्तिहरुद्वारा खोलिएको संस्था मेरुदण्ड पक्षघात समुह नेपालले संस्थाको स्थापनाकाल देखि नै मेरुदण्ड पक्षघात भएका विद्यार्थी भाइबहिनीहरुको शिक्षामा पर्ने असरलाई मध्यनजर राख्दै २०७२ सालदेखि देशका विभिन्न स्थानमा पढाईमा इच्छुक तर विद्यालयहरु अपाङ्गमैत्री नहुँदा शिक्षाबाट बन्चित भएका भाइबहिनीहरुलाई खान बस्नको व्यवस्था गरी पढ्ने वातावरण मिलाउदै आइरहेको छ ।

विभिन्न स्थानमा अपांगमैत्री पुर्वाधार निर्माणको लागि र मेरुदण्ड पक्षघात तथा अपाङ्गता भएका व्यक्तीहरुको लागि सम्बन्धित निकायसँग पहल गर्दै आइरहेको छ । अहिले राष्ट्रव्यापी रुपमा मेरुदण्ड पक्षघात भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गरी यस क्षेत्रको हक अधिकारको लागि सरकारसँग पैरबी गरिरहेको छ ।

कोभिड संक्रमण कालको समयमा सातवटै प्रदेशमा रहेका साथीहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आवश्यक औषधी वितरण गरेको छ । कार्यकममा यसै संस्थाका अध्यक्ष ऋषिराम ढकालको अध्यक्षता गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानि लामा प्रमुख अतिथि रहेकी थिइन् ।

अतिथीहरुमा SCI Network का सल्लाहकार तथा Spinal Injury Rehabilitation Centre का Medical Director डाक्टर राजु ढकाल, Nepal Spinal Cord Injury Sports Association महासचिव दिलिप सापकोटाज्यु, SCI Network का कानुनी सल्लाहकार दिपकराज जोशी, SCI Network संघका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार बाबुराम मिश्र, सल्लाहकारहरु कृष्ण खड्का, असोक मानन्धर, कोष विलास अधिकारी, आजिवन सदस्यहरु तथा अन्य व्यक्तिहरू सहित ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend