साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ ८ ।
नेपाल मगर संघ शाखा कतारले संघका निबर्तमान सचिब तिल विक्रम मगरलाई संस्थागत सम्मान तथा विदाई कार्यक्रम गरेको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै दोसल्ला ओढाएर मायाको चिनो र कदरपत्र प्रदान गर्दै संस्थागत स-सम्मान विदाई गरेको हो ।
संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा निवर्तमान सचिव तिल विक्रम मगरको आतिथ्यता सम्पन्न कार्यक्रममा जनजाती महासंघका अध्यक्ष डिएन मगर, एनसिसी कतारका महासचिव रबिन मगर सहित संघको मातहतमा रहेका विभिन्न बिभाग तथा एरिया समितीका अध्यक्ष तथा संघमा आवद्ध रहेका कलाकारहरुको उपस्थिति रहेको थियो ।
वैदेशिक रोजगारीको शिलशिलामा विगत एकदशकदेखि कतारलाई कर्मथलो बनाउदै आएका मगर लामो समयदेखि कतारका सामाजिक कार्यमा सक्रिय रहेका छन । सस्थांगत विदाई पश्रात निकै भावुक हुँदै चौधौ कार्यसमितीबाट आफु सचिवमा निर्वाचित भएपनी विभिन्न समस्याका बावजुत आफुले कार्यसमितीलाई पुर्णता दिन नपाउँदा आफुलाई दुख लागेको बताए ।
आफुले कतार बसाईलाई बिट मारेर कतारबाटै साउदी जान लागेको बताउदै आफु साउदीमा भएपनि कतारमा आफुले कमाएको सामाजिक प्रतिष्ठा, इष्टमित्र लगायत संघमा आवद्ध रहेका सम्पुर्णलाई कहिल्यै नबिर्सने बताए । संघका सम्पुर्ण कार्यसमितीले गरेको यो माया र सम्मानमा आफु सदैव ऋणी रहेको बताउदै सम्पुर्णलाई सम्मान सहित धन्यवाद प्रकट गरे ।
संघका उपाध्यक्ष कुमार राहादि मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा संघका अन्य पदाधिकारीहरुले बोलेका थिए । महासचिव समीर थापा मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति आले मगरले आफुले संघको नेतृत्व लिएपछि पहिलो कार्यक्रम नै विदाईको परेकोमा आफुलाई दुख लागेको बताए ।
मगर संघको एउटा दरिलो खम्बालाई विदाई गर्दा आफु एकदम भावुक भएको बताउदै आगामी दिनमा उहाले चालेका पाइलाहरुलाई सदैव सफलताको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend