logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा एक युवा मृत अवस्थामा फेला


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी  भदौ ५।
नवलपरासीमा युवकको शव मृत अवस्थामा फेला परेको छ । सोमवार सुस्ता गाउँपालिका वडा नं. २ गुडरिया स्थित रहेको भारतीय गण्डक नहरको पानीको छेउमा पुरुषको शव मृत अवस्थामा भेटिएको हो।

युवकको शव मृत अवस्थामा देखेपछी स्थानियहरुले प्रहरीलाई खबर गरेपछी ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी बरिष्ठ नायब निरिक्षक मिठे थापा क्षेत्री को कमाण्ड सहित ७ जनाको टोली घटनास्थल सुरक्षा लगायतको कार्य गरि घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक माधब भण्डारीको कमाण्डमा थप टोली खटिएको प्रहरीले जनाएको छ।

भारतको बिहार प्रदेश पश्चिम चम्पारण जिल्ला थाना बाल्मिकीनगर ३ नं. पहाड बस्ने मिना पौलको छोरा १९ बर्षिय सुजित पौल रहेको भन्ने निज मृतकको दाजु कुनाल कुमारबाट सनाखत भएको र घटना बारे आवश्यक अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend