साझा नेटवर्क
कतार, भदौ २।
“आर्थिक समृद्धिमा हाम्रो साथ, विदेशका हरेक मजदुरको मनमा INS” भन्ने नारा दिदै अन्तर्राष्ट्रिय नेपाली समाज कतारको पुनर्गठनको एक वर्ष पुरा भएको छ । १९ अगस्ट २०२२ मा पुनर्गठन भएको संगठनले १८ अगस्ट २०२३ का दिन भेलाको आयोजना गर्दै कार्यसमितिका पदाधिकारी तथा विभागमा फेरबदल गरेको छ ।
उक्त भेलामा संगठनका अध्यक्ष राजाराम शाहीको अध्यक्षता रहेको थियो । कतारको सनैया स्थित ग्राण्ड मलको एसियन टाउन रेस्टुरेण्टको सभाहलमा बसेको भेलाले विभिन्न निर्णयहरु गर्दै संगठनलाई थप चुस्त र दुरुस्त बनाउन सर्व सहमत निर्णय गरेको छ ।
भेलाले सङठनका सचिव मनोज दाहाललाई उपाध्यक्षमा मनोनित गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै सङठनका वरिष्ठ सदस्य बुधबल गुरुङलाई सल्लाहकारमा मनोनित गर्दै प्रवास प्रादेशिक विभागको उपाध्यक्षमा मनोनीत गर्न सिफारिश गर्ने निर्णय गर्दै क्षेत्रिय संगठन बनाउने तथा संगठनका विशेष सल्लाहकार भरत परियारलाई अभिभावक संरक्षक पदमा मनोनीत समेत गरेको छ ।
भेलाले समाजवादी धारमा आउन चाहाना राख्ने संस्था तथा वौद्धिक व्यक्तित्वहरुलाई नेपाल समाजवादी पाटिको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको संगठनमा सहभागि भएर मजदुरका हितमा काम गर्ने अभियानमा साथ दिन अग्रह गरेको छ । बैठकको सहजीकरण संगठनका प्रवक्ता ध्रुब क्षेत्रीले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend