साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगंज साउन ३१ ।
वीरगंज महानगरपालिका वडा नं. १५ स्थित नवदिप एकेडेमीको कारण अभिभावकहरु आतंकित बन्न पुगेका छन् । चालु महिनाको बिल सोही महिनाको दोस्रो हप्तामै पठाई पैसा तिर्नलाई स्कूलले अभिभावकहरुको मोबाईलमा फोन गरी बारम्बार तनाव दिने काम गरेको अभिभावकहरुको गुनासो रहेको छ ।
बारा जिल्ला नौतन बस्ने सदाम हुसैनका दुई जना छोराहरु नवदिप एकेडमीमा पढछन् । उनलाई सावन महिनाको १४ गते “Up to sharwan” को १४ हजार ९ सयको बिल विद्यार्थी मार्फत अभिभावकलाई पठाएका थिए । सो बिल हेरेर अभिभावक सदामले स्कूलमा पुगी प्रिन्सिपल सुशिला साहसँग बुझ्दा पुरानो र सावन महिनाको बिल अहिले नै तिर्नु पर्छ भनि दबाव दिएकी थिईन् ।
बिलको पैसा नबुझाए आफ्नो बच्चालाई यो स्कूलबाट अन्यत्र लग्नुस भनेपछि बाध्य भएर अभिभावक सदामले सोही दिन ८ हजार रुपैया बुझाए । सदाम एक उदाहरण पात्र मात्र हुन, उनी जस्ता थुप्रै अभिभावकहरुलाई यसरी नै तनाव दिने गरेको गुनासो बढदै गएको छ ।
यतिमात्र कहाँ हो र, अभिभावकहरुले कुनै कारणवस समयमा स्कूलको पैसा तिर्न नसक्दा विद्यार्थीहरुलाई बेन्चमा खडा गर्ने, स्कूलको गेटमा घण्टौ खडा गर्ने जस्ता असमाजिक क्रियाकलाप पनि गर्दै आएको अभिभावक सदामले यस अनलाईन सँग गुनासो गरे । सो विषयलाई लिएर स्कूलका प्रिन्सिपल साह सँग गुनासो गर्दा साहले उल्टै अभिभावकलाई नै अपशब्द प्रयोग गर्ने, वादविवाद गर्ने, धम्काउने जस्ता गतिविधि गर्दै आएको बताईन्छ ।
स्कूलले स्कूल ड्रेस, किताब तोकेकै पसलबाटै किन्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरेको छ । ८०–१०० रुपैया पर्ने विद्यार्थी परिचयपत्रको रु. २०० तिर्न लगाई अभिभावकहरुको डाढ सेक्ने काम गरिरहेको छ । सो विषयमा स्कूलका प्रिन्सिपल साह सँग फोन सम्पर्क गरी बुझ्दा उनले पुरानो पैसा र साउन महिनाको पैसा जोडेर स्टिीमेट बिल पठाएको बताईन् ।
अभिभावकलाई साउन महिनाको पैसा तिर्न दबाव नदिएको प्रतिक्रिया दिईन् । तर बिल हेर्दा पुरानो बाकी पैसा कहि कतै उल्लेखन नभएको देखिन्छ । यस सन्दर्भमा वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्ण सँग फोन गरी प्रतिक्रिया लिन खोज्दा उनको मोबाईल फोन स्विच अफ रहेको पाईयो ।
अभिभावक संघ वीरगंज, पर्साका अध्यक्ष संदिप साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले अन्य स्कूलहरुले पनि यस्तै गलत काम गरिरहेको बताउदै महिना सकिसके पछि मात्र बिल पठाउनु पर्ने, विद्यार्थीहरुलाई कुनै किसिमको तनाव दिन नहुने बताए ।
सो विषयलाई लिएर हामीहरुले बारम्बाबर सम्बन्धित निकायमा पुगी ज्ञापनपत्र बुझाई बिरोध गर्दा समेत नियमनकारी निकायले खासै वास्ता नगरेको गुनासो गरे । यस्ता गतिविधि गर्ने स्कूलहरुलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend