साझा नेटवर्क
साझा नेटवर्क, कतार साउन ३० ।
कतारमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । लमजुङ सेवा समाज कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम हुँने भएको हो ।
“रक्तदान नै जीवन दान हो” “रक्तदान गरौं, परोपकारी कार्यमा सहभागी होऔं “भन्ने नाराका साथ बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
यहि अगस्ट १८ तारिख शुक्रबारका दिन कतारको सरकारी अस्पताल हमादको “ब्लड डोनर सेन्टर” मा उक्त कार्यक्रम हुन लागेको समाजले जानकारी दिएको छ ।
कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरिदिन हुन समाजका अध्यक्ष सिताराम थापाले अनुरोध गरेका छन् ।
रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएर दिउँसो १ बजे सम्म रहेको आयोजक संस्था लमजुङ सेवा समाज कतारले साझा नेटवर्कलाई जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend