logo
  • शुक्रबार, असोज ९ २०८३

धादिङमा बस दुर्घटना १४ को मृत्यु, ९ घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

धादिङ, असोज ११।
धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेको उनले बताए । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको एसपी खत्रीले जानकारी दिए ।

साथै खहरेबाट उद्दारका लागि एम्बुलेन्स घटनास्थलगर्फ लागेको प्रहरीले बताएको छ । मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ । कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

उद्धारमा खटिएका स्थानीयका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ । दुर्घटनास्थलमा केहिबेर अघिमात्र प्रहरी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend