logo
  • शुक्रबार, असोज ९ २०८३

१ क्विन्टल भनिएको सुन ब्रेकप्याड बाट निकल्दा ६० किलो ७८९ ग्राम मात्रै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

Big Set of Gold bars. Close up Image

साझा नेटवर्क,काठमाडौँ साउन २९।

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए ।

उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend