साझा नेटवर्क
साझा नेटवर्क, लहान साउन २७ ।
सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा जेल जीवन बिताई रहेकी छिन ।
अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगिता कुमारी महतोको श्रीमानलाई साहु महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६/६/१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो ।
तर चेक अनुसारको रकम खातामा नभएपछि उनलाई बैंकिङ कसुर मुद्दामा गोलबजार नगरपालिका वाडा नंवर ४ का राम भजन महतोले बादी भई मुद्दा चलाएपछि उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास, ईजलास नंवर ५ मुद्दानंवर-०७७-CB–०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतोले कारागार जीवन भोग्दै आएकी हुन ।
पत्रकारको टिम आज महतोको घरमा पुगि पति दु:खी महतोसंग घटना सम्बन्धि थप कुरा बुझ्ने प्रयास गरेका छन । बोल्ने क्रममा दुखी महतोले ३ जना मिलेर मेरो यो दुर्दसा बनाएको बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend