logo
  • शुक्रबार, असोज ९ २०८३

सिरहा सेवा समिती कतारको वार्षिकोत्सव कार्यक्रम सम्पन्न, नवनिर्वाचित NRNA पदाधिकारी सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार साउन २७ ।
सिरहा सेवा समिती कतारले १८औ वार्षिक उत्सव तथा साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । समितिका कतारका अध्यक्ष जिवछ यादवको सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

समितिले आफ्नो वार्षिक उत्सवको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (आईसीसी) एनसिसी कतारका २०२३/२०२५ कार्यकालका हालै निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना, हार्दिक बधाई सहित अबिर लगाएर सम्मान पत्रद्वारा समितीले सम्मान गरेको थियो ।

कार्यक्रमको सभाहलमा मधेस प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला सस्थांका प्रमुख एवं प्रतिनिधि, आईसिसी, एनसिसी कतारका विभिन्न ओहोदाका पदाधिकारीहरु पत्रकारहरुको आतिथ्य सहित आईसिसी, एनसीसीका विशिस्ट पदाधिकारीहरुको शुभकामना मन्तव्य रहेको थियो ।

आफनो शुभकामना राख्दै प्रमुख अतिथी भट्टले मजदुरको लागी श्रममैत्री एनआरएनए बनाउने आफ्नो लक्ष्य रहेको बताउदै लागु गर्न आफु प्रतिबद्धता रहेको बताए । सामाजिक सुरक्षाकोष १०% आईपियो आरक्षणमा प्रवासमा रहेका नेपाली श्रमिकलाई कसरी प्रत्यक्ष लाभ लिने, जनचेतनाका कुरा कसरी सिकाउने भन्ने कुरामा आफू अघि बढेर काम गर्ने बताए ।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पुर्ण संघ-सस्था विभिन्न प्रदेश सङ्ग सहकार्य गरेर एनसीसी छाता सङ्गठन न भै साझां सङ्गठन भएको आफुले प्रमाणीत गरेर देखाउने वचन प्रतिवद्धता व्यक्त गरेका थिए ।

समितिका प्रथम उपाध्यक्ष मोहम्मद यासिन राईनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव तेजिलाल मन्डलले गरेका थिए । सभापति यादवले एनसिसीका १९/२३ कार्यकालका पदाधिकारीहरुले मधेस प्रदेश संग आवद्ध जिल्ला सस्थां जातिय सस्थांलाई कहिले पनि समन्वय, सहकार्य न गरेको र आफुलाई गुनासो रहेको बताए।

हालै निर्वाचित एनसिसीका विभिन्न ओहोदाका सम्पुर्ण पदाधिकारीहरुलाई आफुले सम्मान गर्न पाउँदा निकै खुशी र हर्षित भएको बताए। एनसिसीको २३/२५ कार्यकाल सफल बनाउन अन्त्यसम्म आफुले साथ दिने वचन प्रतिवद्धता जाहेर गर्दै कार्यक्रमको समापन गरेका थिए ।

सिरहा बासीहरुको चाहना सभ्य समाजको स्थापना” भन्ने मुल नाराका साथ सन २००६ मा स्थापना भएको समिती कतार तथा गृह जिल्ला सिरहामा विभिन्न सामाजिक काम सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend