logo
  • शुक्रबार, असोज ९ २०८३

स्कुल अफ व्युटीसियन आइटिसीको २०औं वार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, साउन २२ ।
स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको २०औं वार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ । वरिष्ठ सौन्दर्यविद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको २०औं वार्षिकोत्सव एक भव्य समारोह बीच मनाएकी हुन् । उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ ।
प्रमुख अतिथि प्रतिनिधि सभाको उपसभामुख माननीय इन्दिरा राना मगर को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा वरिष्ठ ब्युटिसियनहरु राज्यश्री श्रेष्ठ, कमला श्रेष्ठ अभिनेता प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल उषा खड्की, माल्भिका सुब्बा, श्रीषा श्रेष्ठ, नायक सलिनमान बानियाँ, अञ्जिल मास्के, इभाना मानन्धर, वरिष्ठ ब्युटिसियन सिता न्यौपाने, लक्ष्मी महत, राजभाई सुवाल लगायत रहेका थिए।
‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरबाट व्युटिसियन प्रशिक्षण लिएका व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले २० वर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र ब्यूटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् ।

हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । २० बर्षको अबधिमा आफुले काठमाडौं र बनेपामा गरि करिब ११ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।

वार्षिकोत्सव समारोह लेक्मी फेसन सो को समेत आयोजना गरिएको थियो भने, कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लि र स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरले व्यवसायिक साझेदारीमा हस्ताक्षर समेत गरिएको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रमको साथमा केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिला, व्युटिसियन सहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend