logo
  • शुक्रबार, असोज ९ २०८३

सुनुवार सेवा समाज कतारको अध्यक्षमा शुभराज निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार साउन २० ।
सुनुवार सेवा समाज कतारको छैठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशन गत शुक्रबार शुभराज सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यसमितीको प्रथम उपाध्यक्षमा कमल बिक्रम सुनुवार, दित्तिय उपाध्यक्षमा सोनि कुमारी सुनुवार, महासचिवमा गंगा बहादुर सुनुवार, सचीवमा दिनेश सुनुवार, कोषाध्यक्षमा सोचन सुनुवार, सह-कोषाध्यक्ष सन्त मुखिया सुनुवार चयन भएका छन ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा सदस्य मेनुका सुनुवार, सदस्य बुद्ध बहादुर मुखिया सुनुवार, ,सदस्य दिपा सुनुवार,सदस्य माया सुनुवार,सदस्य शिशिर सुनुवार,कृष्ण बहादुर सुनुवार चयन भएका छन ।नवनिर्वाचित पदाधिकारीहरुलाई संघीय समिती केन्द्रका प्रतिनिधि सामुयल सुनुवारले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

समाजका अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्व तथा जनजाति महासंघ कतारका अध्यक्ष दुर्गाबहादुर पाङ्मी मगरको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक सङ्गठन कलाकार,पत्रकारहरू, सामुदायिक संघ संस्थाका प्रमुख एंव प्रतिनिधिको उपस्तिथि सहित मन्तव्य रहेको थियो ।

सुनुवारहरुको संस्कार अनुसार सभापति,प्रमुख अतिथि,समाजका बिशिस्ट ब्यक्तिहरुलाई फेटाद्धारा सम्मान गरिएको थियो कार्यक्रमको सभा हलमा बाल कलाकार, समाजमा आवद्ध कलाकारहरुले जोडदार सांस्कृतिक प्रस्तुति दिएका थिए । समाजले आयोजना गरेका विभिन्न कार्यमा विभिन्न तह र तप्काबाट सहयोग गरेका विशेष सहयोगी संघ सस्थां संघमा आवद्ध रहेका कलाकारहरु स्थानीय कलाकार, र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी मगरले आफ्नो संस्कृति र पहिचानलाई सदैब बचाईराख्न आग्रह गर्दै सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद प्रकट गरेका थिए । समाजका कोषाध्यक्ष गंगा बहादुर सुनुवारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका महासचिव शुभराज सुनुवार ले गरेका थिए ।

सभापति सुनुवारले समाजले गरेका विभिन्न कार्यलाई तप निरन्तरता दिदै आउने नयाँ समितीले पुर्णता दिने बिश्वास व्यक्त गर्दै आफनो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई कृतज्ञता प्रकट गर्दै सभाको खुल्ला सत्रको समापन गरेका थिए । “पहिचान र समानताका लागी प्रतिबद्धता” भन्ने मुल नाराका साथ सन २०१० मा स्थापित समाज विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend