logo
  • शुक्रबार, असोज ९ २०८३

प्रतापपुरमा तिनदिन विध्यालय बन्द हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी साउन २०।
नवलपरासीको प्रतापपुर गाउँपालिकाले ३ दिनको लागी विध्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । केहि दिन देखी भारत लगायत नेपालका विभिन्न ठाउँहरुमा आँखा पाक्ने रोगले धेरै मानिसहरुमा संक्रमण देखिए पछि विध्यार्थीहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै गाउँपालिका अन्तर्गतका सबै सामुदायिक,धार्मिक तथा निजी विध्यालयहरुमा साउन २१ गते देखी २४ गते सम्मको लागी विध्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए।

स्वास्थ्य तथ्यांक अनुसार संक्रमण अधिकांश बालबालिकामा देखिन आएकोले रोग सर्ने श्रीखंलालाई रोक्न विध्यालय बन्द गर्ने साथै यो संक्रमणबाट बच्न सावधानी अपनाउन र आँखामा समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend