logo
  • शुक्रबार, असोज ९ २०८३

मदाने १ अग्लुङ्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,गुल्मी साउन १६ ।

गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गमा द सनराईज युथ क्लब को सकृयतामा वृक्षारोपण गरिएको छ । क्लबले पहिरो रकथाम तथा सार्वजनिक स्थल हराभरा बनाउने भन्दै वृक्षारोपण गरेको हो ।

द सनराईज युथ क्लब मदाने गाउँपालिका १ गुल्मीको आयोजना तथा डिभिजन वन कार्यालय गुल्मी,सेन्टनरीफरेष्ट युके र गौमुखी फेडरेशनको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । रुख रोपौं, वन जोगाऔं भन्ने नारा सहित पहिरो प्रभावित क्षेत्र तथा अन्य सार्वजनिक स्थल हराभरा सुन्दर आकर्षक बनाउने पवित्र उद्देश्यको साथ क्लबले वृक्षारोपण कार्यक्रमको संचालन गरेको भन्दै वडा सदस्य भगत चन्दले खुशी व्याक्त गर्दै धन्यवाद प्रकट गरे ।

वन क्षेत्रमा सफेदा,तेजपात,जडिबुटी ,टाँकि घास का साथै विभिन्न प्रकारका फुलहरु कपुर,कल्की ,धुपी ,पारिजात लगायतका करिव पाँच सय विरुवाहरु रोपिएको र निकट भविष्यमा यो कार्यबाट यस क्षेत्रको व्यावसायिक तथा सौन्दर्यता बृद्दी गर्नेमा आफुहरु आसावादी रहेको क्लबका अध्यक्ष विवस विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend