साझा नेटवर्क
रञ्जित चौरसिया, बीरगंज साउन १४ ।
नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरमा सम्पन्न भएको छ। जनकपुरधाम स्थित भानुचोकमा रहेका अतिथि सदनमा अधिवेशन सम्पन्न भएको थियो । नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको अध्यक्षमा संजय कुमार पटेल (पपु)चयन भएका छन् ।
प्रथम मधेश प्रदेश अधिवेशनले पर्साका पटेलको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा नाग्रेन्द पटेल, उपाध्यक्षमा नन्दन बानियाँ, सचिवमा सुदर्शन काप्ले, सहसचिवमा कुन्दन बानियाँ तथा कोषाध्यक्षमा प्रविण कुमार कर्ण चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा रामेश्वर प्रसाद गुप्ता,राज कुमार यादब,अशोकानन्द प्रसाद साह, मनोज कुमार चौधरी र संदिप श्रेष्ठ चयन भएका छन् । अधिवेशनले समितिको सल्लाहकारमा भरत अधिकारी र आमन्त्रित सदस्यहरुमा तोता कुमारी फुयाँल र राकेश पटेललाई चयन गरेको छ ।
नेपाल कुरियर सेवा संघको केन्द्रीय उपाध्यक्ष अनिलराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सञ्जय मण्डल, केन्द्रीय सदस्य किरण थापा र निर्मल राठि लगायतको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend